Thursday, May 2
Shadow

राजनिती

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए। पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूहले  प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्...
देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश निर्वाचनतर्फ होमिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका हुन्। उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताए। 'समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौं', उनले भने, 'प्रतिनिधिसभा विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको छ।' उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए।...
आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...
कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, प्रदेश कमिटी सदस्य बालकराम बुढा, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायत अन्य रहनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा ...
ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २५ । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध फेरि संघर्ष गर्दै जानुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे । मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी ...
स्वदेश फर्किए प्रचण्ड

स्वदेश फर्किए प्रचण्ड

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।...
‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

‘अदालतले चुनाव गराउने निर्णय गरे कांग्रेसले भाग लिन्छ, अरु पनि आउँछन्’

ब्यानर समाचार, राजनिती
  काठमाडौ , पुस २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको निर्णय संविधानविरोधी कदम भएको बताएका छन्। संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाईको भेलामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सर्वोच्च अदालतमा विचाराधीन रहेको यस मुद्दामा जुलुस निकालेर यो गर, ऊ गर भन्न नहुने पनि उनले बताए। अहिले विभिन्न राजनीतिक दलहरूले सभा र जुलुस गरेर संसद् विघटनको विरोध गरे पनि अदालतले सरकारको निर्वाचनमै जानुपर्ने निर्णयलाई सदर गरेमा सबैले चुनावमा भाग लिने पनि सभापति देउवाले विश्वास व्‍यक्त गरे। तर अदालतले संसद् विघटनलाई सदर गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको उनले पनि उनले बताए। धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भनेको भन्दै उनले भने, ‘अदालतले चुनाव गराउने निर्णय गर्‍य...
नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ :  प्रधानमन्त्री ओली

नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताए । “सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उनले भने । प्रधानमन्त्रीले ताजा जनादे...
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस

ब्यानर समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शनिबार राजधानीमा धोती जुुलुस निकालीएको छ । ओलीले गरेको प्रतिनिधि सभा विघटनको समर्थनमा जुलुस निकालिएको हो। ‘धोती, कुर्ता,गम्छा मधेशीका शान, केपी ओली हमनी सबके जान’ भन्ने नाराका साथ जुलुस निकालिएको हो। जुलुसका सहभागीले धोती, कुर्ता र गम्छा पहिरिएका थिए। जुलुसमा ओली पक्षका नेता महेश बस्नेतलगायतको सहभागिता थियो। नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो। कुनै समय ओलीले मधेशीका बारेमा अनेक अपमानजनक शब्दहरु प्रयोग गर्ने गरेका थिए । संविधान संशोधनको माग राख्दै मधेशमा मानवसाङ्लो बनाउँदा ओलीले त्यसलाई ‘माखे साङ्लो’ भनेका थिए। ओलीले पक्षले मधेशको समर्थन देखाउन काठमाडौंमा ‘धोती जुलुस’ निकालेको हो। ओलीको निर्देशनमा प्रदेश २ का युवाहरु काठमाडौंमा ल्याएर माइतीघर मण्डलादेखि रत्नपार्कसम्म ध...
वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

वामदेव गौतम पार्टी एकताकै पक्षमा, गरे यस्तो अपिल

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन् । उनले आज एक अपिल जारी गर्दै पार्टीमा उत्पन्न अन्तरविरोधहरुको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यता रहेको टिप्पणी गरेका छन् । हेर्नुहोस उनले सामाजिक संजालमा जारी गरेको अपिल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान अपिल आदरणीय कमरेडहरु, आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ । योसंकटले जुर्मुाउँदै उठेको नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन तर्फ धकेली रहेको छ । नेपालको मात्र होइन एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो । यो उपलब्धि माक्र्स...