Friday, April 19
Shadow

राजनिती

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो :  राप्रपा अध्यक्ष थापा

ताजा जनादेशमा जानु नै अहिलेको उपयुक्त विकल्प हो : राप्रपा अध्यक्ष थापा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुग्नुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्...
पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

पार्टी र सूर्य चिन्ह दाबी गर्न प्रचण्ड-नेपाल निर्वाचन आयोग जाँदै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल दिउँसो निर्वाचन आयोगमा छलफलका लागि जाने तयारी गरेका छन् । पुस ५ मा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजत भएको छ । तत्कालीन एमाले र माओवादी विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचन आयोगले दलको मान्यता दिएको थियो । पार्टी विभाजनसँगै नेकपा र सूर्य चिन्हका लागि दुवै समूहले दावी गर्दै आएका छन् । निर्वाचन आयोगमा नेकपा दर्ता हुँदा प्रमाणित भएका ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका भनि सनाखत गरिएको थियो । सनाखतमध्ये ६५ प्रतिशत बढि केन्द्रीय सदस्य प्रचण्ड–नेपाल समूहमा रहेका छन् । दुई अध्यक्ष प्रणालीमा दर्ता भएको नेकपाको अब आधिकारिकता कता हुने भन्ने बहस जारी रहेको बेला छलफलका लागि प्रचण्ड–नेपाल निर्वाचन आयो...
प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइएको छ । नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ । बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए । ‘चार पूर्व प्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिले...
ओली समूहबाहेक सिंगो देश विघटनको विपक्षमा

ओली समूहबाहेक सिंगो देश विघटनको विपक्षमा

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन व्यवसायी, जनजाति अगुवासहित मुलुकका सबैजसो पेसाव्यवसायका नागरिक संसद् विघटनको विपक्षमा उभिएका हुन्। ओलीले संसद् विघटन गरेपछि उनकै अध्यक्षतामा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै बहुमत सदस्य अलग भएका छन्। एउटा समूह सत्तामा रहँदा अर्को समूह सडक संघर्षमा छ। यहीबेला नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन प्रतिगमनलाई निम्तो दिएको ठहर गरेका छन्। आइतबार पाण्डे र पहाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली प्रतिगमनका लागि औजार हुन पुगेको दाबी गरेका हुन्। नागरिक अगुवाहरूले माइतीघर मण्डललगायत विभन्न स्थानमा ओलीको संवैध...
राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौँ, पुष २६ राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् । आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

दाहाल–नेपाल समूहले बोलायो सचिवालय बैठक

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध थालिएको दोस्रो चरणका संघर्षका कार्यक्रमका विषयमा बैठकमा छलफल हुनेछ। पार्टी, संगठनमा रिक्त पदपूर्ति र अन्य सांगठनिक विषयमा पनि छलफल र निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए। पत्नी सीताको उपचारका लागि भारत पुगेका अध्यक्ष दाहाल फर्केको भोलिपल्ट यो समूहको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। ओली समूहले  प्रतिनिधि सभा विघटनको बचाउमा कार्यक्रम गरिरहेको छ भने दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध देशव्यापी कार्...
देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

देश अब आमनिर्वाचनतर्फ गइसकेको छ : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले अब देश निर्वाचनतर्फ होमिएको बताएका छन्। राष्ट्रियसभाको आइतवार बसेको बैठकलाई सम्बोधन गर्दै उनले देश अब आमनिर्वाचनतर्फ होमिएको बताएका हुन्। उनले सरकारलाई पाँच वर्षसम्म लैजान खोजिए पनि नसकिएको बताए। 'समयभन्दा अलिक अगावै नयाँ जनादेशका लागि जनताबीचमा जाँदैछौं', उनले भने, 'प्रतिनिधिसभा विघटन भएको छ, अब देश आमनिर्वाचनतर्फ उन्मुख भएको छ।' उनले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा काम गर्दै अगाडि जाने सोचे पनि नेकपाका केही नेताको बखेडाका कारण त्यो सम्भव नभएको बताए।...
आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २६ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।...
कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कृष्णनगरमा नेकपा दहाल-नेपाल समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजनिती, समाचार, स्थानिय तह
कृष्णनगर, पुस २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कृष्णनगर नगरकमिटीको आयोजना नेकपा कृष्णनगर नगर कमीटी अध्यक्ष जावेद आलम खां को अध्यक्षता ,नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेको प्रमुख आतिथ्य रह्यो भने विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडे, प्रदेश कमिटी सदस्य बालकराम बुढा, लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा महाराजगंज नगर कमीटी अध्यक्ष विजय जयसवाल लगायत अन्य रहनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरधारी लाल न्यौपाने ले प्रधानमंत्री लाई आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सारा ...
ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ओली हिटलर जस्तै तानाशाह भएको वरिष्ठ नेता खनालको टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस २५ । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । सम्पर्क समन्वय कमिटीले गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको बताए । कहिले काहीँ पार्टीको गल्तीका कारण तानाशाहहरु जन्मिने भन्दै उनले त्यसविरुद्ध फेरि संघर्ष गर्दै जानुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलासँग तुलना गरे । मानिसहरुलाई पैसा दिएर बस रिजर्भ गरेर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै भएको उनले बताए । २०४६ साल अगाडि पञ्चहरुले देशभर भेला गर्दै हिडेका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुने खनालको दाबी ...