Thursday, April 18
Shadow

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी


  • -इ
  • इ+

काठमाडौं, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिइएको छ ।

नेकपा ९दाहाल–नेपाल० समूहको आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले निरंकुश र अधिनायकवादी चरित्र रोक्न तथा पूर्वप्रधान न्यायाधीशलाई नधम्क्याउन सुझाव दिएको छ ।

बैठकपछि नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले चार पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य दिएकामा प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई आफ्नो चरित्र सुधार गर्न चेतावनी दिने निर्णय भएको बताए ।

‘चार पूर्व प्रधानन्यायाधीशले देश, जनता, लोकतन्त्र, संविधान, राजनीतिक स्थिरता, सुशासनप्रतिको आफ्नो निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा अहिलेको प्रतिनिधिसभा विघटनबारे संवैधानिक व्यवस्था के छ भनेर संयुक्त वक्तव्य दिनु भएकामा उहाँहरुलाई प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गर्नुभएको छ । यो कार्य अत्यन्तै आपत्तिजनक छ । आजको बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा भत्र्सना गरेको छ,’ सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने ।

गत शुक्रबार संसद् विघटनको विरुद्धमा चार पूर्व प्रधानन्यायाधीशले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका थिए । पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाको विरुद्धमा संसद् विघटन गरेको उल्लेख गरेका थिए ।

प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नु भएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रका रूपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ ।’ राजधानी दैनिकबाट

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares