Tuesday, April 30
Shadow

रााष्ट्रिय स्वतन्त्र पार्टी किस्पाङ सभापतिमा शिवप्रसाद भट्ट


  • -इ
  • इ+

नुवाकोट,किस्पाङ १७ असार। रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को किस्पाङ गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ ।

शनिवार (हिजो) किस्पाङको काहुलेमा भएको आयोजित प्रथम पालिका भेलाले शिवप्रसाद भट्टको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो । उक्त भेलाले उप–सभापतिमा सोमेश तामाङ, सचिवमा श्रद्धा ढुङ्गाना र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।

यस्तै,सदस्यहरुमा दोलानन्द अधिकारी, अकिल बहादुर तामाङ, बम बहादुर तामाङ र बिक्रम तामाङ चयन भएको रास्वपा नुवाकोटका उप–सभापतिमा लक्ष्मी पाण्डेले बताउनु भएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares