काठमाडौं ,असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार (आज ) बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसै विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री महतले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।