Tuesday, April 30
Shadow

बागमती प्रदेशसभा बैठक बस्दै


  • -इ
  • इ+

हेटौँडा,१७ असार । बागमती प्रदेशसभाको बैठक (आज) आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा भवन हेटौँडामा बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ । गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी वर्ष २०८०–८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि बैठक ३ दिनका लागि स्थगित गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares