Friday, April 26
Shadow

प्रचण्ड–नेपाल पक्षद्वारा टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध


  • -इ
  • इ+

काठमाडौं, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गर्दै प्रतिनिधि सभा विघटनको विरोध गरेको छ ।

आफ्नो चौथो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड(नेपाल पक्षले आज मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम तय गरेको थियो ।

संसद विघटन खारेज गर लगायत महिला हिँसा, महंगीलाई जोडेर बनाइएका नाराको प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । मानव साङलोका लागि प्रचण्ड(नेपाल पक्षका केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रचण्ड-नेपाल पक्षले शुक्रबार देशभरका सबै स्थानीय तहका वडा स्तरमा विरोध कार्यक्रम गर्दै छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares