Thursday, April 23
Shadow

राजनिती

सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सरकारमा सहभागिताबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २० । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई डाकेको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । यही फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई डाकेको जनाइएको छ । पदाधिकारीको सुझावलाई आत्मसात गर्दै देउवाले शुक्रबार आह्वान गरिएको पार्टीको संसदीय दलको बैठकमार्फत सरकारमा जाने या नजाने भन्ने निर्क्यौल गर्ने निकट स्रोतले जनाएको छ । कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ । नेकपाको आधिकारिकता नसुल्झेसम्म सरकारमा नजाने बताए पनि बिहीबार चितवनमा आयोजित एक कार्यक्रममा देउव...
नेकपा नाम विवाद मुद्दाको फैसलाको मिति सर्‍यो

नेकपा नाम विवाद मुद्दाको फैसलाको मिति सर्‍यो

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दाको फैसला मिति सरेको छ । गएको बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते बिहीबार अर्थात् आज नेकपा नामसम्बन्धी विवादको मुद्दा टुंगाउने जनाएका थिए । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्चसहित देशभरका अदालतहरू बन्द रहने भएपछि फैसला मिति धकेलिएको हो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको निर्वाचन आयोगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाममा दर्ता भएको थियो । तर ऋषिराम कट्टेलले निर्वाचन आयोगमा त्यसअघि नै आफ्नो नेतृत्वमा दर्ता भइसकेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । ...
प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने, गरे यस्तो निर्णय

प्रचण्ड माधव समूहले निर्वाचन आयोगमाथि दबाव बढाउने, गरे यस्तो निर्णय

मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १९ । नेकपाको प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गरेकोमा खेद व्यक्त गरेको छ । लोकतान्त्रिक व्यवस्थाका लागि महत्त्वपूर्ण मानिने संवैधानिक अंगको स्वतन्त्र, निष्पक्ष र स्वायत्त भूमिकामाथि पनि प्रश्न उठाउँदै प्रचण्ड माधव समूहले खेद व्यक्त गरेको हो । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकले पटकपटक गएर आधिकारिकताको दावी पेश गरेपनि बेवास्ता गरेको भन्दै आयोगमाथि दबाब बढाउने निर्णय गरेको छ । त्यसका लागि प्रचण्ड–माधव समूहले अब बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित परिचय पत्र लगेर निर्वाचन आयोगमा बुझाउने भएको छ । प्रचण्ड–माधव समूहले निर्वाचन आयोग सरकारको दबावमा परेको आशंका गरेको छ । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छिटो आधिकारिकताको निरुपण गर्न माग गरेको छ । प्रचण्ड–माध...
नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह

नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन ५ पूर्वनिर्वाचन आयुक्तको आग्रह

ब्यानर समाचार, राजनिती, समाज
काठमाडौँ , फागुन १९ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सुर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा। अयोधीप्रसाद यादव र दोल्ख बहादुर गुरुङले विज्ञप्ति मार्फत निर्वाचन आयोगको निर्णय क्षमता र स्वयत्तताका विषयमा उठाइएका प्रश्नहरुले गम्भीर बनाएको उल्लेख गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नाम उल्लेख नगरीकन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुको राजनीतिक प्रक्रियामा गम्भीर असर पर्नसक्ने भन्दै यथाशिघ्र निर्णय दिन आयोगलाई आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, आयोग अनिर्णयको बन्दी रहदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्न...
सरकार र विप्लव समूहबीच बुधबार एकै दिन दुई चरणमा वार्ता : छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

सरकार र विप्लव समूहबीच बुधबार एकै दिन दुई चरणमा वार्ता : छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १९ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको जनाएका छन् ।डा। भट्टराईले वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको बताउदै छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेका छन् । भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’ वार्ताको स्थल सार्बजनिक नगरिएपनि स्रोतले वार्ता प्रधानमन्त्री निवास बालुवाटारमै भएको बताएको छ । ...
पदको लोभ छैन , प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ : देउवा

पदको लोभ छैन , प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ : देउवा

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदको लोभ नभएको तर जिम्मेवारी आए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । बुधबार चितवनमा आयोजित पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धान्जली सभामा सभापति देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसलाई पदको लोभ नभएको तर, जिम्मेवारी आए पछि नहट्ने बताए स्पष्ट पारे । यस्तै सभापति देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् । गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न बुधबार आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।  ...
सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

सभामुख र सांसदहरुलाई आज कोरोना खोप लगाइँदै

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , फागुन १९ । सभामुखसहित संघीय संसद र राष्ट्रियसभाका सांसदहरुलाई आज कोभिड-१९ सविरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ । त्यसैगरी संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ ।अहिले नेपालमा कोरोना अभियान जारी नै रहेको छ।...
ओलीविरुद्ध थप रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

ओलीविरुद्ध थप रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौँ फागनु १९ । । नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्‍न लागेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल-नेपाल समूहको माग छ । तर यता प्रधानमन्त्री ओलीले राजीनामा नदिए अडान लिरहेका छन् । यसपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको यो समुहले जनाएको छ । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।...
नेकपा विवाद :  एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

नेकपा विवाद : एक–अर्कालाई सिध्याउने रणनीतिमा दुवै समूह

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १९ । संसद् अधिवेशन नजिकिँदै गर्दा नेकपा दाहाल–नेपाल समूह र ओली समूहले एकअर्कालाई असफल बनाउन नयाँनयाँ रणनीति अघि सार्दै आएका छन् । दाहाल–नेपाल समूहले संसद् बैठकमा विपक्षीको सिटमा बसेर सरकारको विरोध गर्ने, प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदीय दल वा संसद्मा ल्याउने, ओलीलाई हटाएर ओली समूहबाटै प्रधानमन्त्री बनाउने, कांग्रेसको नेतृत्वमा सरकार बनाउने रणनीति बनाएको छ । दाहाल–नेपाल समूहले यस्तो रणनीति बनाएपछि ओली समूहले पनि काउन्टर रणनीति अघि सारेको छ । ओली समूहको रणनीतिमा दाहाल–नेपाल समूहलाई कमजोर बनाई संसद्मा वा संसदीय दलमा विश्वासको मत लिने, ह्विप उल्लंघन गरे पार्टी सदस्यबाटै हटाउने र त्यसपछि बन्ने सरकारलाई बहुमत पुग्न नदिने र अन्तिममा संसद् विघटन गर्ने रहेको स्रोतको दाबी छ । नेकपाका दुवै समूहले नयाँनयाँ आन्तरिक रणनीति बनाइरहँदा कांग्रेसले भने मौनता द...
सरकार–विप्लव पक्ष वार्ता :  विप्लवका दुई सर्त, दुई एजेन्डा

सरकार–विप्लव पक्ष वार्ता : विप्लवका दुई सर्त, दुई एजेन्डा

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, १९ फागुन । सर्त १. २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने । २. पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने ९विप्लव समूहका एक सय २६ जना नेता–कार्यकर्ता जेलमा, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ० । एजेन्डा १. संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा सभा र वैकल्पिक संयुक्त सरकार । २. अहिलेको व्यवस्थाविरुद्ध संंघर्ष गरेको दाबीसहित वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्नेमा सार्वभौमसत्ता सम्पन्न जनताको जनमतद्वारा फैसला ९जनमत संग्रह० गर्ने । सरकारको तयारी पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्द...