Friday, April 24
Shadow

राजनिती

प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

प्रधानमन्त्रीले नैतिकताका हिसाबले राजीनामा दिनुपर्छः माधव नेपाल

मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनु पर्नै बताएका छन् । उनले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गर्दै पार्टीका अधिकारिकताका विषयमा समस्या नहुने विचार व्यक्त गरे ।...
काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

काँग्रेसले भन्यो- विप्लव समुहसँग वार्ता गर्न समिति गठन सकारात्मक

मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन १८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेकोलाई सकारात्मक भनेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको र ईमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह गरेका छन् । काँग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास लिएको उल्लेख गरिएको छ ।...
प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लवबीच वार्ताको तयारी

प्रतिबन्धको दुई वर्षपछि सरकार र विप्लवबीच वार्ताको तयारी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १८ । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी बीच वार्ता हुने भएको छ । दुवै पक्षले वार्ता टोली गठन गरेपछि वार्ताको सम्भावना नजिक पुगेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गरेको छ । उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य ‘दीपक’ सदस्य रहेको टोली गठन गरेको छ । सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक भएलगत्तै मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ता टोली गठन गरेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । टोलीको नेतृत्वमा रहेका ‘प्रकाण्ड’ पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा हुन् । उनी चन्दा उठाएको लगायत अन्य केही अभियोगमा पटकपटक पक्राउ पर्दै अदालतको आदेशल...
फेरि पनि ओलीको चुनौती – सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

फेरि पनि ओलीको चुनौती – सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन्। मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको बताए। उनले अहिले आफूलाइृ हटाए पनि डेढ वर्षपछि हुने चुनावबाट दुई तिहाइ ल्याएर सिंहदरबार फर्कने बताएका छन्। ‘मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशी साथ हट्छु। तर, मलाई हटाउन सजिलो छैन’, उनले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ। त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु।’ प्रधानमन्त्री ओलीले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने बताए। उनले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए। उनले आफू नेतृत्वको सरकार नेपाली जनताको कम्फर्टेबलका लागि भएको बताउँदै अरुका लागि आफूले केही नसोचेको बताए। ‘नेपाली जनतालाई स...
देश दौडाहामा प्रधानमन्त्री ओली, आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा जाँदै

देश दौडाहामा प्रधानमन्त्री ओली, आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा जाँदै

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन १८ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहामा लागेका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओली व्यस्त हुन थालेका हुन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा(५ पुगेर विभिन्न पूर्वाधारको शिलान्यास तथा उद्घाटन गरेका प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका थिए । पोखरामा प्रधानमन्त्री ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले पोखरामा पनि विभन्न विकास निर्माणको कामको निरीक्षण तथा शिलान्यास गरेका थिए । दुई दिनदेखि काठमाडौँ उपत्यका बाहिरका कार्यक्रममा व्यस्त भएका ओली आज पनि झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । बिहान ११ बजे झापाको भद्रपुर पुग्ने ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण...
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन: मन्त्री श्रेष्ठ

मुख्य समाचार, राजनिती
  काठमाडौँ, फागुन १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उनले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । “नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निक...
अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरु हुन्छ : प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उहाँको भनाइ छ । अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताउनुभयो । उहाँले संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदि...
प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

प्रधानमन्त्री ओली आज पोखरा जाँदै, के छ कार्यक्रम ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखराको दौडाहामा निस्कने भएका छन् । बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत उनी पोखरा जाने छन् । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा सभागृह जाने कार्यक्रम छ । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम छ ।ओली सोमबारै काठमाडौं फर्किने छन् । यसअघि संसद विघटन गर्ने ओलीको कदमको समर्थनमा अमरसिंहमा प्रदेशस्तरीय आम सभा आयोजना गरिएको थियो । तर, सर्वोच्च अदालतले ओलीको कदम बदर गरिदिए पनि आम सभा पनि स्थगित भएको थियो । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम...
प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

प्रधानमन्त्री ओलीलाई हटाउन सकस, दाहाल–नेपाल समूहको यस्तो छ अबको रणनीति

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १७ । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसदबाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने देखिएको छ । सत्तारूढ दल नेकपा कानुनी रूपमा विभाजन नभएकाले संविधानको धारा ७६ ९१० अनुसार बनेको ओली नेतृत्वको सरकारलाई विस्थापन गर्न दाहाल–नेपाल समूह कम्मर कसेर लागे पनि उनीहरूको प्रयासले सार्थकता पाउन कठिन छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र संसद्को तेस्रो ठूलो दल जनता समाजवादीले दाहाल नेपाल समूहलाई पहिला आफ्नो दल स्पष्ट गर्न आग्रह गरेलगत्तै उनीहरूलाई नयाँ सरकार बनाउन सकस देखिएको हो । परराष्ट्रमन्त्री समेत रहेका नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपा कानुनी रूपमा विभाजन नहुँदासम्म दाहाल नेपालले सोचेअनुसार ओली नेतृत्वको सरकार विस्थापन गर्न कठिन हुने दाबी गरे । संविधानको धारा ७६ को उपधारा २...
आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ :  प्रचण्ड

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए । “पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।” कम्युनिष्ट पार्...