Wednesday, April 24
Shadow

पदको लोभ छैन , प्रधानमन्त्रीको जिम्मेवारी आए पछि हट्दिनँ : देउवा


  • -इ
  • इ+

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदको लोभ नभएको तर जिम्मेवारी आए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् ।

बुधबार चितवनमा आयोजित पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धान्जली सभामा सभापति देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसलाई पदको लोभ नभएको तर, जिम्मेवारी आए पछि नहट्ने बताए स्पष्ट पारे ।

यस्तै सभापति देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न बुधबार आएका पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares