Monday, May 6
Shadow

सरकार र विप्लव समूहबीच बुधबार एकै दिन दुई चरणमा वार्ता : छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा


  • -इ
  • इ+

काठमाडौँ , फागुन १९ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

बुधबार एकै दिन दुई चरणमा वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ सम्पन्न भएको जनाएका छन् ।डा। भट्टराईले वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणा नजिक पुगेको बताउदै छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेका छन् ।

भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ ।’

वार्ताको स्थल सार्बजनिक नगरिएपनि स्रोतले वार्ता प्रधानमन्त्री निवास बालुवाटारमै भएको बताएको छ ।

सरकार र विप्लव समूहबीच आजै बिहान पहिलो चरणको वार्ता पनि भएको थियो । दुवै पक्ष समान धारणा नजिक पुगेको’ भने पनि के प्रगति भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन । विप्लव पक्षले पनि वार्ताबारे जानकारी गराएको छैन ।

मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोलि गठन गरेको सार्बजनिक गरेका थिए ।

वार्ता टोलिमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक रहेका छन् ।

हिंसात्मक गतिविधि गरेको आरोपमा सरकारले दुई वर्षअघि, २०७५ फागुन २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध फुकुवा भएको छैन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares