Saturday, April 20
Shadow

नेकपा नाम विवाद मुद्दाको फैसलाको मिति सर्‍यो


  • -इ
  • इ+

काठमाडौँ , फागुन २० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी मुद्दाको फैसला मिति सरेको छ ।

गएको बिहीबार न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै फागुन २० गते बिहीबार अर्थात् आज नेकपा नामसम्बन्धी विवादको मुद्दा टुंगाउने जनाएका थिए । तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्चसहित देशभरका अदालतहरू बन्द रहने भएपछि फैसला मिति धकेलिएको हो । पूर्वप्रधानन्यायाधीश सिंहको मंगलबार साँझ निधन भएको थियो ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएपछि हालको निर्वाचन आयोगमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाममा दर्ता भएको थियो । तर ऋषिराम कट्टेलले निर्वाचन आयोगमा त्यसअघि नै आफ्नो नेतृत्वमा दर्ता भइसकेको नाममा पुनः नेकपा दर्ता गराएकाले बदर हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिरको तेश्रो साता सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपा सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरिसकेको अवस्थामा समेत एकजुट हुन सकिरहेका छैनन् । ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल दुवै समूहले एकअर्काको विरोधमा खरो मन्तव्य राख्दै आएका छन् ।

प्रचण्डले ओलीले पार्टी फुटाइसकेको दाबी गर्दै अब मिल्न नसकिने बताउँदै आएका छन् । ओली पनि प्रचण्डसँग मिलेर जाने संकेत देखिएको छैन । ओली(प्रचण्ड नै नजुट्ने निष्कर्षमा पुगिसकेको अवस्थामा दुवै समूहले नेकपा नाम आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेका छन् । सत्तारूढ समूहबीच नै नेकपा कसको भन्ने होडबाजी चलिरहेका बेला सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा तत्कालीन एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares