Friday, May 3
Shadow

राजनिती

साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको दिन पुनस् प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् । उनले भने, ‘म त दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोसिस हुन्छ। साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ।’ उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे। देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो। वर्तमान गठबन्धन सरकार परिवर्तन...
महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शनिबार बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री पत्नी सीता दाहालको गत बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक आज शनिबार बस्दै छ । एमालेको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उपाध्यक्ष पाण्डेका अनुसार बैठक ३ दिनसम्म सञ्चालन हुनेछ र आजको बैठकमा एकवर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताएका छन् । पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि  लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छोडेका थिए ।...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।  ...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२९ असार। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ । यस्तो छ कार्यसूची : ...
प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

प्रधानमन्त्री दाहाल ३ दिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम ३ दिन स्थगित गरिएको छ । हिजो बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल प्रचण्ड असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले समवेदना प्रकट गर्न आउनेहरुसँग प्रधानमन्त्रीले यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट गर्ने बताए ।...
नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

नगरवासीको स्वास्थ्यलाई हामिले गम्भिर चुनौतिको रुपमा लिएका छौँ : नगर प्रमुख गुरुङ

अन्तरवार्ता, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
२८ असार ।  नुवाकोटको बेलकोटगढी नगरपालिकाका हरेक नागरीकले स्वास्थ्य बिमा गर्दा १५ प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । साथै विपन्न, अशक्त, अशहाय र लक्षित वर्गको लागि निःशुल्क वीमा गरिदिने हामि संगको अन्र्तवार्तामा नगर प्रमुख जगत वहादुर गुरुङले बताएका छन् । स्थानिय तहको निर्वाचन २०७९ मा लोकप्रिय मतका साथ विजयी भएका मेयर गुरुङले आफ्नो कार्यकालमा बेलकोटगढी नगरपालिकालाई भौतिक विकासलाई निरन्तरता दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना बनाउने लक्ष्य समेत राखेका छन् । समग्र बेलकोटगढी नगरपालिका केन्द्रित भएर गरिएको कुराकानी... तपाई निर्वाचित हुनुभएको एक वर्ष पुरा भईसक्यो निर्वाचनका समयमा जनता माझ गरेका प्रतिवद्धता कत्तिको पुरा गर्दै हुनुहुन्छ ? निर्वाचित भएको पहिलो वर्ष सिकाईमा नै लाग्यौँ । त्यस संगै बेलकोटगढीको समृद्धि संगै सुशासनका कुरालाई मध्ये नजर गर्दै अघिल्ला जनप्रतिनिधिले गरेका क...
प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

प्रधानमन्त्रीपत्नी दहालको निधनप्रति उपाध्यक्ष मशहूद द्वारा दु:ख व्यक्त

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
कपिलवस्तु, अषाढ २७ ।  लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । उपाध्यक्ष मशहूद खां नेपालीले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै , 'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।' प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।...
प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

प्रधानमन्त्री प्रचण्ड पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,२७ असार । आज बुधबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।...