काठमाडौँ,३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाले ७ प्रदेशका ७७ जिल्लामा सङ्गठन विस्तार गर्ने योजना पनि बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँच जनासम्म र प्रदेशमा ३–३ तथा जिल्लामा २–२ जना समेटिनेगरी मोर्चा बनाइनेछ ।
यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए ।
मोर्चाको नेतृत्व नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।