Saturday, April 20
Shadow

राजनिती

भारतकाे त्याे चर्चित कम्युन र नेपाली कम्युनिष्टकाे धनार्जन दाैड – केदार सिटौला

भारतकाे त्याे चर्चित कम्युन र नेपाली कम्युनिष्टकाे धनार्जन दाैड – केदार सिटौला

ब्यानर समाचार 2, राजनिती, विचार
लेखक - केदार सिटौला भारतमा अनेकौं कम्युनिस्ट पार्टी छन्। तीमध्ये एउटा कम्युनिस्ट पार्टी हो सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया, जसलाई छोटकरीमा एसयुसिआई पनि भन्ने गरिन्छ। यो पार्टीको स्थापना शिवदास घोसले सन् १९४८ मा गरेका थिए । एसयुसिआइले मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, माओ र शिवदास घोसको विचारलाई आफ्नो पार्टीको मार्गनिर्देशक सिद्धान्त मान्छ । भारतका अन्य कम्युनिस्ट पार्टीको तुलनामा यो पार्टी के अर्थमा फरक छ भने यसले भारतको राष्ट्रिय चरित्रलाई विश्लेषण गर्दै यसलाई एकाधिकारवादी र साम्राज्यवादी झुकाव भएको पुँजीवादी देश मान्छ र भारतमा सिधै समाजवादी क्रान्ति गर्नुपर्ने प्रस्ताव गर्छ । त्यसअनुसार यस पार्टीले सामाजवादी क्रान्तिको तयारीलाई आफ्नो प्रमुख कार्यनीति बनाएको छ । अर्कोतिर भारतका अन्य कम्युनिस्ट पार्टीहरु अझै पनि भारतलाई अर्ध सामन्ती र अर्ध औपनिवेशिक देश नै मान्छन्। अझै पनि भारतमा स...
पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

पराजित अवस्थामा निरास बनेका कार्यकर्ता अनि आशा देखाउन नसक्ने नेतृत्व ! अबको हाम्रो रोडम्याप !!

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं - श्रावण १३ गते क्षेत्र नम्बर ६ ले आफ्नो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा बोल्ने अधिकांश प्रतिनिधिले गुटगत आधारमै धारणा राखेपनि टकरावपूर्ण संघर्षका कारण वक्ताहरु नीति र नियतिलाई छोडेर व्यक्तिकै पछि लागेको जस्तो भान हुन्थ्यो । जे जसरी सुझाव र आलोचना भएपनी अधिवेशनमा संगठन सुधारका लागि धेरै सुझाव आएको र ति सुझावलाई आफुले अपनत्व गर्ने क्षेत्रिय सभापति श्यामकृष्णी खड्कीले बताए । यो अधिवेशनमा बोलेका सबै प्रतिनिधिले मौखिक धारणा राखेपनि लक्ष्मीराज भण्डारीले भने आफ्नो राय सुझावसहितको लिखित प्रस्ताव नै बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावमा रुखले टिकट ल्याउँदा मुख हेरेर अन्तर्घात गर्नेदेखि पार्टीको टिकट ल्याउन देखिएको रस्साकस्सीसम्मलाई नियालिएको छ । हिजो चुनावमा झण्डा नबोक्नेहरुलाई अब पार्टीमा कुन र कस्तो स्थान दिने भन्ने विषयमा पनि गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता प्रस्तावमा महसुस ...
समाजवादी मोर्चा सातै प्रदेशका ७७ जिल्लामा विस्तार गरिने

समाजवादी मोर्चा सातै प्रदेशका ७७ जिल्लामा विस्तार गरिने

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाले ७ प्रदेशका ७७ जिल्लामा सङ्गठन विस्तार गर्ने योजना पनि बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँच जनासम्म र प्रदेशमा ३–३ तथा जिल्लामा २–२ जना समेटिनेगरी मोर्चा बनाइनेछ । यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए । मोर्चाको नेतृत्व नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।...
अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान

अर्थमन्त्री डा. प्रकाशशरण महत भारत प्रस्थान

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा (सोमबार) भोलिदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्रीका प्रेस संयोजक प्रकाश थापाका अनुसार अर्थमन्त्री बुधबार नेपाल फर्किने छन् । नेपाल जी–२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रुपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाउने छन् । जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय यो बैठकमा मुख्यगरी विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य, दिगो वित्त र पूर्वाधार विकास, अन्तर्राष्ट्रिय वित्तीय परिदृश्य, अन्तर्राष्ट्रिय कर प्रणाली...
प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै,यस्तो छ कार्यसूची

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ,३१ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँबानेश्वरमा दिउँसो १ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्नेछन् । उनले सो प्रस्ताव माथिको संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने देखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । ...
साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

साथीहरूको साथ पाए संसदीय दलको नेता फेर्ने प्रयास छाड्दिनँ : महामन्त्री थापा

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको दिन पुनस् प्रयास गर्नु स्वभाविकै भएको बताएका हुन् । उनले भने, ‘म त दलको नेतामा लडेको मान्छे हुँ। हुनुपर्छ भनेरै प्रयास गरेको हो। मेरो निरन्तर कोसिस हुन्छ। साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ।’ उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे। देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो। वर्तमान गठबन्धन सरकार परिवर्तन...
महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शनिबार बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् । भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए । प्रधानमन्त्री पत्नी सीता दाहालको गत बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं,३० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक आज शनिबार बस्दै छ । एमालेको बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने छ । बैठकमा पार्टीको आन्तरिक जीवन, सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजनअनुसार कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...
नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक बस्ने पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। उपाध्यक्ष पाण्डेका अनुसार बैठक ३ दिनसम्म सञ्चालन हुनेछ र आजको बैठकमा एकवर्षे पार्टी संगठन सुदृढ अभियानको समीक्षा गरिनेछ । यसैगरी कतिपय नेता कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताएका छन् । पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि  लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्र छोडेका थिए ।...
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड काठमाडौंमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौँ, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ । लु अहिले दक्षिण एसिया भ्रमणमा छन् । प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदसँगको शिष्टाचार भेटवार्तामा लुले ५०० मिलियन अमेरिकी डलर अनुदानको एमसीसी परियोजना कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्ने तयारी छ ।  ...