Sunday, April 28
Shadow

महासचिव विप्लवले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना


  • -इ
  • इ+

काठमाडौं,३० असार । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

शनिबार बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई समवेदन प्रकट गरेका हुन् ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए ।

प्रधानमन्त्री पत्नी सीता दाहालको गत बुधबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares