Friday, March 29
Shadow

सुरु भयो प्रचण्डको दौडधुप ! देउवापछि लगतै भेटे भट्टराईलाई


  • -इ
  • इ+

काठमाडौँ , फागुन २५ । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा।बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । प्रचण्डले समाजवादी पार्टीका नेताहरुसंग पनि छलफल गर्ने बताएका छन् ।

विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो । एकपक्षीय र दुईपक्षीय भेटघाट बाक्लिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares