Friday, March 29
Shadow

प्रचण्डको अफरमा देउवा सकारात्मक, जसपा द्विविधामा


  • -इ
  • इ+

काठमाडौं , फागुन २६ । शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् ।

उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी ९राजपा० पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।

ओलीले महन्थ ठाकुरसँग गरेको भेट, ठाकुरले सत्ता साझेदारीका विषयमा छलफल गर्न लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दिएको जिम्मेवारी लगायतले जसपाभित्र हलचल ल्याएको छ । डा। बाबुराम भट्टराई र उपेन्द्र यादव भने ठाकुर र राजेन्द्र महतोको भूमिकाबाट सशंकित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares