Thursday, March 28
Shadow

नेता नेपालले भने -अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ


  • -इ
  • इ+

काठमाडौँ , फागनु २४ । माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् । उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए । बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवशयक रहेकोमा उनले जोड दिए ।

दाहाल(नेपाल समूहको बैठकपछि माधव नेपालले निकै गह्रुंगो हुँदै भने, ‘पार्टी नै फरक फरक भएपनि हाम्रो हृदय नै विशाल छ सबैलाई समेटेर लैजाने छौं ।’ सर्वोच्च आदालतको फैसालाले यो अवस्था श्रृजना गरेको भन्दै उनले भने फैसालाको बारेमा सुनेका हौँ त्यसमा छलफल भैरहेको छ ।

आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए ।

फैसला कार्यावन्यनको लयमा जान्छ कि जाँदैन हेर्न जरुरी छ । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् । उनीहरुले त्यहीँ भित्र रहेर केपी ओलीविरद्ध संघर्ष गर्ने बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares