Wednesday, April 24
Shadow

प्रचण्ड र बाबुरामले गलत बाटो लिँदा देशमा संकटमा पर्यो: विप्लव


  • -इ
  • इ+

काठमाडौं, फागुन २४ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईले गलत बाटो लिएको बताएका छन् ।

गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पार्टी निकट महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो रोजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको तर्क गरेका हुन् ।

माओवादी र एमालेको एकताबाट झण्डै दुई तिहाइको सरकार बनेपनि प्रचण्ड गलत बाटोमा भएका कारण नेकपामा संकट आएको दावी गरे । उनले बाबुराम भट्टराईले पनि गलत बाटो लिएकाले मधेशवादी दलको नेता बन्न पुगेको टिप्पणी गरे ।

सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध गलत भएको पनि विप्लवले बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको उनको भनाइ छ ।

सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएको दुई महिनाभित्र सखाप पार्छौं भनेपनि सत्य र न्यायका लागि लडेकाले नै सरकार असफल भएको विप्लवको तर्क थियो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares