Friday, April 26
Shadow

काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक, जसपाले राख्यो यस्ता तीन माग


  • -इ
  • इ+

काठमाडौँ , फागुन २८ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेताहरुको बैठक सकिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको छलफलमा जसपाले राख्दै आएका तीन मागहरु राखेको जसपाका नेताहरुले बताएका छन् । आजको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

नेता ठाकुरले बैठकपछि कुरा गर्दी नागरिकता समस्या, जेलमा भएका नेता कार्यकर्ताको रिहाइलगायतमा आफुहरुका माग काँग्रेस समक्ष राखेको बताए ।

त्यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाव पनि जसपा नेताहरुले काँग्रेसलाई दिएका छन् ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय रुपमा साझा धारणा बनाउनुपर्नेमा सहमति भएको बताउदै प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुरा जसपाबाट आएको बताए ।

बैठकमा कांग्रेसका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा।शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायत सहभागी थिए भने

जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो लगायत सहभागी थिए । जसपासँगको बैठकअघि कांग्रेसका पदाधिकारी र पुर्वपदाधिकारीको बैठक बसेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares