Friday, April 24
Shadow

राजनिती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

अध्यक्ष ओली नै पार्टी फुटाउन लागेको नेता नेपालको आरोप, आफूहरूलाई पार्टीबाट निकालेर देखाउन चुनौती

ब्यानर समाचार, राजनिती
काठमाडौँ, चैत १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफू नभइ पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टी फुटाउन लागि परेको आरोप लगाए । ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले शुरूदेखि नै गुटका राजनीति गरेको बताउँदै उनले ओलीले सोधेको स्पष्टिकरणले आफू नतर्सेको र ओलीसँग आत्मसमर्पण पनि नगर्ने चेतावनी दिए । नेता नेपालले हिम्मत भए आफूहरूलाई पार्टीबाट निकालेर देखाउन ओलीलाई चुनौतीसमेत दिए । ‘हिम्मत भए हामीलाई पार्टीबाट निकालेर देखाउनुहोस् । तर ओलीसँग आत्मसमर्पण गर्दैनौँ ।’ उनले भने । ओलीमा व्यक्तिवादी प्रवृत्ति रहेको भन्दै आफू जहिल्यै संगठनलाई केन्द्रमा राखेर सोच्ने व्यक्ति भएको नेता नेपालको दाबी थियो ।...
नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं , चैत १० । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो । प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए । २०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछिको दुई वर्षमा चन्द समूहबाट ४ सर्वसाधारण र सुरक्षा कारवाहीमा चन्द समूहका ४ जनाको ज्यान ग...
माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

माधव नेपालसहित चार नेतासँग एमालेले माग्यो स्पष्टीकरण

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई आज पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए । यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।  ...
काँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

मुख्य समाचार, राजनिती
काठमाडौं , चैत ९ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ । बैठकमा ओलीको विकल्पमा कांग्रेस नेतृत्व सरकार गठनका विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग भइरहेको छलफल र आगामी दिनमा अपनाउने रणनीतिका विषयमा छलफल हुनेछ । लोकसेवा आयोगको रिक्त पदाधिकारी नियुक्ति, सदस्यता नविकरण र नयाँ वितरणको अहिलेसम्मको अवस्था, विवादित जिल्लाका विषयमा पनि बैठकले सैद्धान्तिक निर्णय लिनेछ । साथै, बुथ समितिको निर्वाचनका विषयमा विधानमा रहेको विद्यामान व्यवस्थालाई निलम्बन गर्ने विषयमा पनि बैठक कुरा हुनेछ । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले पार्टीको महाधिवेशनसहित समसामयिक विषयमा छलफल ग...
सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० को गठबन्धन सरकार निर्माणका लागि नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि पार्टीले यसअघि नै संसदीय दलका नेतासमेत रहेका देउवाका नाममा सर्वसम्मतिबाट निर्णय लिइसकेको छ । तर देउवाले आफ्नै नेतृत्वको सरकार बनाउन पहल नगरेपछि पौडेल सशंकित बनेका छन् । बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा निरंकुश शासन सत्ताको अभ्यास गरिरहेकाले उनको डिजाइनमा पार्टी फस्न नहुने निष्कर्ष निकालिएको थियो । पौडेल पक्षले सोमबार हुने पार्टी पदाधिकारी र पूर्वप...
सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

सत्ता टिकाउने ओली रणनीतिः सांसदमाथि कारबाहीको आतंक

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ९ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ। ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ। एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन्। ओलीले कारबाही त गर्न सक्दैनन् तर कारबाही गर्छु भन्नु नै एक प्रकारको आतंक हो’, स्रोतले भन्यो, ‘यसरी आतंकित पारेर पार्टी कब्जा गर्न खोज्नु सकारात्मक पक्ष होइन।’ पार्टीमा ओलीको कार्यशैली र प्रवृत्तिविरुद्ध संघर्ष गर्दै आएका माधवकुमार नेपाल समूहका एक नेताले भने, ‘अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जे पनि गर्न सक्ने वातावरण तयार पारेका छन्। उनले के गर्छन् त्यो कसैलाई थाहा छैन। उनले जे चाहन्छन् त्यो हुनेछ तर त्यसले अन्तिममा कम्युनिस्ट आन्दोलन समाप्त गर्छ।’ ओलीले आफूसँग ...
चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

चुनावकेन्द्रीत हुन कार्यकर्तालाई देउवाको निर्देशन

मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले यस्तो निर्देशन दिएका हुन् । कांग्रेसलाई सरकारको लोभ नभएको तर प्रधानमन्त्रीको पद काँधमा आए पछि नहट्ने उनले बताए । अबको २० महिनापछि नियमित चुनाव हुने भन्दै उक्त चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री सहित पूर्णरूपमा कांग्रेसको सरकार चलाउने देउवाको दावी छ । जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई प...
सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

सरकार टिकाउन अनुचित सम्झौता गर्दैनौं : प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ७ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार टिकाइराख्न कुनै पक्षसँग पनि अनुचित सम्झौता नगर्ने बताएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता ज्ञवालीले भने, ुसरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौं । प्रवक्ता ज्ञवालीले फागुन २३ गते नेकपाको वैधानिकताबारे सर्वोच्चले फैसला सुनाएपछि सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमको भएको बताए । आगामी दिनमा सोहीअनुसार अगाडि बढ्ने कुरा प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेको पनि उल्लेख गरेको ज्ञवालीको भना...
नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

ब्यानर समाचार, राजनिती
काठमाडौँ , चैत ७ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी हित विपरित काम गरेको भन्दै पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे, र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । चारै नेताले पार्टी हितविरुद्ध काम गरेको, सरकारको बदनाम गर्न गुट भेला गरेको र पार्टी नेतृत्वलाई खुइल्याउने काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको ज्ञवालीले बताए ।  ...
आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, चैत ७ । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ । नेपाली काँग्रेस, जीपी कोइराला फाउन्डेसनलगायत संस्थाले आज विभिन्न कार्यक्रमको आयोजना गरेर स्मृति दिवस मनाउन लागेको हो । कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो । भने राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो । नेपाली राजनीतिमा अतुलनिय योगदान दिनुभएको कोइराला पाँच पटक प्रधानमन्त्री बनिसक्नु भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको विशेष योगदान रहेको छ।...