Thursday, May 2
Shadow

मुख्य समाचार

भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार
काठमाडौ,पुस २१ भारतमा सवारी दुर्घटनामा परि कञ्चनपुरका एक युवको मृत्यु भएको छ। दिल्लीमा एक कम्पनीमा कार्यरत बेलडाँडी गाँउपालिका–४ वैवाहका ३२ वर्षीय बीरबहादुर डगौरा(चौधरी)को मुत्यु भएको हो। आफन्तका अनुसार चौधरीलाई कम्पनीले देहरादुन पठाएको थियो।
सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

सडक निर्माणका क्रममा ढुङ्गाले लागेर रसुवामा एक मजदुरको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २० रसुवामा सडक निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदुरकाे ज्यान गएको छ । ज्यान गुमाउनेमा नौकुण्ड गाउँपालिका १ यार्साका ४५ वर्षीय धनबहादुर तामाङ रहेका छन् । मङ्गलबार बिहान पाैने १० बजे धुन्चे–खाेदल सडक खण्डकाे केबुमा एक्स्काभेटरले सडक खन्ने क्रममा सडककाे तल नाली निर्माण गरिरहेका तामाङकाे ढुङ्गाले लागेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ । एक्स्काभेटरले नाली निर्माण गर्ने ठाउँभन्दा झण्डै ५० मिटरमाथि काम गरिरहेको थियो । प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका ९ का २७ वर्षीय चालक रविन तामाङलाई एक्स्काभेटरसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
प्रनिधिसभा विघटन विरुद्ध आन्दोलनमा सक्रिय हुन तरुण दलकाे निर्देशन

प्रनिधिसभा विघटन विरुद्ध आन्दोलनमा सक्रिय हुन तरुण दलकाे निर्देशन

मुख्य समाचार, राजनिती
काठमाण्डौं, पुष २१ प्रनिधिसभा विघटन विरुद्धका आन्दोलनमा सक्रिय रुपमा सहभागी हुन नेपाल दरुण दलले आवद्ध सम्पूर्ण जिल्ला समिति र सो अन्तर्गतका तहलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले जारी गरेकाे परिपत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनअसंवैधानिक र अलोकतान्त्रिक कदम रहेको र त्यसविरुद्धका आन्दोलनमा सक्रिय सहभागी हुन तथा गराउन आग्रह गरिएको छ। प्रतिनिधिसभा विघटनसहित व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली कांग्रेसले गर्ने विरोध कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि तरुण दलका जिल्ला समितिले जिल्ला पार्टीसँग समन्वय गरी त्यस जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न–गराउन तरुण दल केन्द्रीय समितिले निर्देशन द...
बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

बिहानै सप्तरीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २१ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको वीरेन्द्रबजारमा मंगलबार बिहान ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाललाई नम्बर नखुलेको ट्रकले वीरेन्द्रबजारमा उनलाई ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।...
साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस २१ । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ । कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिए । एक टेलिभिजनमा कुराकानीका क्रममा उनले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताएका हुन् । कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गल्फ कोअपरेशन काउन्सिल ९जीसीसी०को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छ...
नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

नेपाली सेनामा खुल्यो २ सय ९४ जनाका लागि जागिर, (विज्ञापनसहित)

मुख्य समाचार, समाचार, समाज, सुचना प्रविधि
काठमाडौं, पुस २१ । नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ।मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो । सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ । हेर्नुहोस्, सूचना      ...
बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

बेलायतमा नयाँ कोरोना भाइरस तीव्र फैलिँदै, फेरि लकडाउन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
  काठमाडौं, पुस २१ । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन नरोकिएपछि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको छ । सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन् । बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो । पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो । दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो । नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको...
कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

कञ्चनपुरमा भारतीय एसएसबीले चलायो गोली, १ नेपाली घाइते

मुख्य समाचार, समाचार, समाज
कञ्चनपुर, पुस २१ । कञ्चनपुरमा नेपाल-भारत सीमा क्षेत्रमा गोली चलेको छ। सीमा क्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। गोली लागेर १ नेपाली घाईते भएको बुझिएपनि आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको उनले बताए। स्थानीयको भनाईमा भने भारतिय एसएसबीले गोली चलाउदा जिल्लाको दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार एसएसबीको गोली लागेर घाइते भएका छन्।...
२५ दिनपछि कोरोना संक्रमणमुक्त भए  पूर्वकप्तान पारस खड्का

२५ दिनपछि कोरोना संक्रमणमुक्त भए पूर्वकप्तान पारस खड्का

खेलकुद, मुख्य समाचार
काठमाडौं, पुस२० । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्।आफूलाई कोरोना निको भएको जानकारी दिँदै कप्तान खड्काले आफ्नो उपचारमा संलग्न डाक्टर र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्। गएको मंसिर २६ गते गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो। ‘२५ दिनपछि अन्ततः कोभिड नेगेटिभ देखिएको छ।’ फेसबुकमार्फत् स्टाटस लेख्दै उनले भने। यसअघि राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, बसन्त रेग्मी र सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको थियो। उनीहरू पनि अहिले संक्रमणमुक्त भइसकेका छन्।...
बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

बन्द भयो सवारी चालक अनुपतिपत्रको अनलाइन फाराम

आर्थिक, टिप्स, मुख्य समाचार, समाज
काठमाण्डौँ, पुष २० लामो समय पछि खुलेको सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ । यातायात व्यवस्था विभागलले नौ महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुनस् बन्द गरेको हो । सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । ...