Tuesday, June 30
Shadow

मुख्य समाचार

पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण

पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण

मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, पुष २६ पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ। शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ।...
उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

उत्तर कोरियाले गर्यो परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका छन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्न केही दिन बाँकी रहेका समय नेता किमको टिप्पणी आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । आउँदै गरेको अमेरिकी नयाँ प्रशासनमाथि दबाब बढाउनका लागि किमले यस्तो टिप्पणी गरेको विश्लेषकले बत...
वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २५ । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । वि.सं.१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमालको आज विहान निधन भएको हो । केही समय यता उनी अल्जाम्यमर्सबाट पीडित थिए । उनले लेखेका उदास मेरो जीवन कथा, जुन फूल मैले चाहेको थिएँ, हो यात्री, आफ्नै कथा जिन्दगीको उनका लोकप्रिय गीत हुन् । उनले आधुनिकभन्दा पनि धेरै राष्ट्रिय गीत लेखेका छन् । उनी कविता पनि लेख्थे . वि.सं. २००५ सालबाट कविता लेख्न थालेका उनले लेखनाथ पौड्यालको प्रेरणाले कविता लेख्न थालेका थिए ।कविता र गीतमा खासै केही फरक नरहेको बताउने उनी छन्दमा लेखेमा गीत बन्ने उनको धारणा थियो । पछिल्लो समय उनी नयाँ गीतमा छाडापन आएको बताउँदै आएको थिए । आजै उनको पशुपति आर्यघाटमा दाह संकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।...
भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाउन सुरु गरिने

मुख्य समाचार, समाचार, समाज
  काठमाडौँ , पुस २५ । भारतमा आगामी माघ ३ गतेदेखि कोरोनाको खोप लगाइने भएको छ ।शनिबार कोरोनाको खोप लगाउने अभियान शुरु गर्न बसेको प्रधानमन्त्री नरेन्द्र मोदीसहितको बैठकपछि सो निर्णय लिइएको हो । भारतले यस अघि भारतमै बनाइएका दुई भ्याक्सिन कोभ्याक्सिन र कोभीशिल्डलाई प्रयोगको अनुमति दिइसकेको छ । खोप अभियानको पहिलो चरणमा लगभग ३ करोडलाई दिइने बताइएको छ । जसमा स्वास्थ्य कार्यकर्ता, अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई प्राथमिकता दिइने भएको छ । यस पछि ५० बर्षभन्दा बढी उमेरका र गम्भीररुपले विरामी रहेकालाई खोप दिइने बताइएको छ । उनीहरुको संख्या करिब २७ करोड भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माघ ३ गते (जनवरी १६०) को दिन कोरोनाविरुद्धको लडाईमा महत्वपूर्ण दिन हुने बताएका छन् । मोदीले यस अभियानमा बहादुर डाक्टर, हेल्थकेयर वर्कर्स, सफाई कर्मचारसहित फ्रन्टलाइन कर्मचारीलाई पहि...
६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन, समुन्द्रमा खसेको आशंका

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ, पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै सम्पर्कविहीन भएको बीबीसीले जनाएको छ । यसअघि त्यहाँको यातायात मन्त्रालयले जहाजमा ५० जना यात्रु रहेको जनाएको थियो । जहाजको ट्रयाकिङ गर्ने वेबसाइट फ्लाइट राडार टवेन्टी फोरका अनुसार जहाज १ मिनेटको अन्तरमा १० हजार फिट तल झरेको थियो । केही प्रत्यक्षदर्शीले जहाज आगोको मुस्लोसँगै खसेको बताएको बीबीसीले जनाएको छ । माछा मार्न पुगेका एकजना व्यक्तिले जहाज तिव्र गतिमा खसेको र पानीमा ठूलो आवाजमा विष्फोट भएको बताएका छन् । जहाज हराएको छेउछाउका टापुका धेरै बासिन्दाहरूले बीबीसीलाई जहाजबाट आएका वस्तुहरू भेट्टाएको बताएका छन् । सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो ७३७ मोडलको रहेको छ ।...
स्वदेश फर्किए प्रचण्ड

स्वदेश फर्किए प्रचण्ड

मुख्य समाचार, राजनिती, स्वास्थ्य
काठमाडौँ , पुस २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन् । पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका अध्यक्ष दाहाल आज स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ । अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्किएका उनको सचिवालयले जनाएको छ ।...
.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन :  डा. बाबुराम भट्टराई

.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन : डा. बाबुराम भट्टराई

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताएका छन् । ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी अब धेरै दिन नटिक्ने उनको भनाइ छ ।ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो रोजेको भट्टराईको आरोप छ । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने । यो सरकार फालेर प...
आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन

मुख्य समाचार, मौसम
काठमाडौं , पुस २५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यस्तै, महाशाखाका अनुसार तराईका सवैजसो भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। दिउँसोसम्मै आकाश धुम्म हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। अर्यालका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ। उपत्यकाको आकाश बिहानैदेखि खुलेको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।...
अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं :  कमल थापा

अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्नेकाम नगरौं : कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थपाले संसद्‍मा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा कसैले पनि दबाब र प्रभाव पार्ने काम गर्न नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका छन् । अध्यक्ष थापाले ट्विटरमा लेखेका छन् - संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो। प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक प्रावधानमा केही अस्पष्टता छ। सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधीन विषयमा दबाब र प्रभाव पार्ने काम कतैबाट हुनु हुँदैन,.  ...
अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।...