Thursday, April 25
Shadow

मुख्य समाचार

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई  छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

निर्वाचन आयोगले पठायो नेकपाका दुबै पक्षलाई छुट्टाछुट्टै पत्र , के छ पत्रमा ?

पत्रपत्रिका, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस २० । निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले शुक्रबार पठाएको पत्रमा फरकफरक अवधि तोकिएको छ । प्रचण्ड–माधव पक्षलाई पठाइएको पत्रमा लिखित जवाफ दिनका लागि सात दिन म्याद दिइएको छ भने ओली पक्षलाई कुनै म्याद नतोकी जानकारी मात्र दिइएको पाइएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद–९ अनुसार आधिकारिकता विवाद टुंगो लगाउन सक्ने जानकारी दुवै पक्षलाई गराएको हो । प्रचण्ड–नेपाल पक्षलाई पठाइएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ अनुसार कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगक...
प्रधानमन्त्री ओली धनगढी आउँदै

प्रधानमन्त्री ओली धनगढी आउँदै

मुख्य समाचार, राजनिती
कैलालाी , पुस २० । प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन्। पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको नेकपा सुदूरपश्चिमले जनाएको छ। नेकपा विभाजन भएपछि पहिलो पटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्। प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणापछि ओली जिल्ला तथा प्रदेश दौडाहमा लागेका छन्। सोही कार्यक्रम अनुसार धनगढीमा पनि जनसभा आयोजना गरिएको नेकपाले जनाएको छ।...
कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

कोरोनाले बन्द सबै क्षेत्र खुला गरिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस २० । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी०ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। त्यसपछि चैतदेखि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन। विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब ९ महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो। विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्...
कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरन्जनको निधन

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १९ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचारत कोइरालाको आइतबार बिहान करिब एघार बजे निधन भएको भाइ शेखर कोइरालाले बताए । ‘उपचारकै क्रममा आइतबार बिहान दाजु बित्नु भयो’ हाल दिल्लीमै रहेका शेखरले भने । कोराना भाइरसको संक्रमण पुष्टि भएपछि ५ डिसेम्बरदेखि उनको अस्पतालमा उपचार चलिरहेको थियो । कोरोना संक्रमणबाट मुक्त भए पनि विगत केही दिनयता स्वास्थ्य जटिल बनेपछि उनलाई आईसियुमा राखिएको थियो । निरन्जन केशव कोइराला र नोना कोइरालाका दुई छोरामध्ये जेठा हुन् । कोइराला पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा सक्रियरुपमा संलग्न थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल उनका समकालीन हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको सरकारमा उनले केही समय पर्यटन मन्त्रालयको विज्ञका रुपमा ...
काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

काठमाण्डौँ जान्छु भनेर हिडेका ककनीका तामाङ मृत अवस्थामा फेला

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १९ नुवाकोटको ककनी गाउँपालिका ५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् । पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिवार घर फर्कने क्रममा मृत फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

पेस्तोल देखाएर कोटेश्वरमा लुटपाटको प्रयास

अपराध, मुख्य समाचार, समाचार
काठमाडौं, पुस १९ पेस्तोल देखाएर कोटेश्वर चोकमा लुटपाटको प्रयास गरिएको छ। आज बिहान बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा एक युवकलाई पस्तोल देखाएर लुटपाट गर्न खोजिएको हो। राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनीसँग मोबाइल मागेको थियो। मोबाइल नदिँदा पेस्तो खेदाएको जनाएको छ। उनले प्रतिवाद गरेपछि पेस्तोल झरेको थियो। त्यसपछि ति व्यक्ति भागेको प्रहरीले जनाएको छ। उनले तत्कालै प्रहरीलाई खबर गरेको थियो। घटना अनुसन्धानका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी नायव परीक्षक विष्टले बताए।...
चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

चट्याङबाट मृत्यु भएका परिवारलाई रु एक-एक लाख सहयोग

आर्थिक, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । सप्तरीमा चट्याङबाट मृत्यु भएका चार जनाको परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप रु एक/एक लाखका दरले मृतक चार जनाको परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मृतक परिवारलाई जनही रु एक लाखको चेक हस्तान्तरण गरिएको हो । मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई रु एक/एक लाखको चेक हस्तान्तरण गर्नुभएको हो । वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चार जनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथ...
अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं पुस १८ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका १० जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति गरिने साधारण समूह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरि परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नेपाल भरका विभिन्न परिक्षा केन्द्रहरुबाट १० जना नक्कली परीक्षार्थीहरु फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।...
लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा भिषण आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा भिषण आगलागी

मुख्य समाचार, समाचार, समाज
काठमाण्डौ , पुस १८ । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ । आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ । आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ । क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन ।...
बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

बीरगंजमा ई–रिक्सा अव्यवस्थित, सम्बन्धित निकाय मौन

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
वीरगंज १८ पुष । वीरगन्जमा सञ्चालित ई–रिक्साहरुको व्यवस्थापन हुन नसक्दा वीरगन्जबासीले ट्राफिक जाम तथा मनोमानी भाडा असुलीको समस्या झेल्नु परेको छ । जथाभावी ई–रिक्सा पार्किङ्ग, रोडमै रोकेर यात्रु चढाउने, ओराल्ने गर्नाले वीरगन्ज महानगर अस्तव्यस्त बनेको छ । साथै, जथाभावी भाडा असुली गर्दा उपभोक्ता चरम मर्कामा पर्ने गरेका छन् । ई–रिक्सा सञ्चालनका लागि कुनै किसिमको मापदण्ड समेत बन्न नसकेकोले युवादेखि वृद्ध–वृद्धा तथा स–साना बालकहरुले पनि ई–रिक्सा चलाउने गरेको छन् । जसको परिणाम वीरगन्ज बजारमा दिनहुँ ट्राफिक जामको समस्या हुने गरेको छ । सानो उमेरका युवाहरु पनि लाइसेन्स विना ई–रिक्सा चलाइरहेकाले सवारी जामको समस्यादेखि दुर्घटनाको समस्या दिनदिनै बढिरहेको छ । वीरगन्जको घण्टाघरदेखि माइस्थान, आदर्शनगर हुँदै अलखियामठसम्म साँघुरा सडक, त्यसमा पनि ई–रिक्साहरुको घुइँचो भएकोले त्यस क्षेत्रमा विहान १...