Friday, April 26
Shadow

आजको मौसमः पश्चिमी भेगमा वर्षा र हिमपातको सम्भावन


  • -इ
  • इ+

काठमाडौं , पुस २५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका अनुसार शनिबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। यस्तै, महाशाखाका अनुसार तराईका सवैजसो भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। दिउँसोसम्मै आकाश धुम्म हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

अर्यालका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहनेछ। उपत्यकाको आकाश बिहानैदेखि खुलेको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares