Wednesday, April 24
Shadow

.ओलीको चुरीफुरी अब धेरै दिन टिक्दैन : डा. बाबुराम भट्टराई


  • -इ
  • इ+
baburam bhattarai

काठमाडौं, पुस २५ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको चुरिफुरी धेरै दिन नटिक्ने दावी गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा डा. भट्टराईले ओली सरकारको चुरिफुरी केहि दिनका लागि मात्रै भएको बताएका छन् ।

ओलीले संविधानविपरीत प्रनिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेका कारण सरकारविरुद्ध आन्दोलन शुरु भइसकेकाले ओलीको चुरिफुरी अब धेरै दिन नटिक्ने उनको भनाइ छ ।ओलीले जनतालाई धोका दिएर राजा महेन्द्रको बोटो रोजेको भट्टराईको आरोप छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पञ्चायत जस्तो धेरै वर्ष यो सरकार नरहने स्पष्ट पारे । पञ्चायत जस्तो यो सरकार ढाल्न ३० वर्ष नलाग्ने ३० दिन वा तीस हप्ताभित्र फलिसक्ने उनले स्पष्ट पारे। ‘प्रतिगमनकारी सरकार ३० दिनभित्रै नभए ३० हप्ताभित्र फालिसक्छौं,’ भट्टराईले भने ।

यो सरकार फालेर प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान संशोधन गरी शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकतालगायतका विषयलाई सम्बोधन गर्दै उन्नत किसिमको व्यवस्था लागू गर्ने आफुहरूको अजेन्डा रहेको भट्टराईले स्पष्ट पारे ।यो सरकार फालेर अझ उन्नत व्यवस्था लागु गर्ने भट्टराईको भनाइ थियो ।

भट्टराईले ओली सरकारले चुनाव नगराउने दाबी गर्दै ओलीको पछि लागेर चुनावमा जानु गलत हुने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares