काठमाडौं, पुस २५ । एक अस्पतालमा भीषण आगलागी भएको छ । भारतको महाराष्ट्रस्थित रहेको एक अस्पतालमा भीषण आगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ ।
उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो ।
आगलागी न्यूबर्न केयर युनिटमा बिहानै २ बजे लागेको अस्पतालका सिभिल सर्जन प्रमोद खांडतेले बताए । युनिटबाट सात शिशुलाई बचाइएको छ ।