Sunday, May 5
Shadow

मुख्य समाचार

आज २०७७ माघ २७ गते मंगलबारको राशिफल

आज २०७७ माघ २७ गते मंगलबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला । बृष आफ्नो निर्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्पत्ती हानी हुने योग छ । मिथुन आज स्वस्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ । कर्कट आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।  आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । सिंह पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ । कन्या शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । म...
फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाइने

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ २६ । ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति २०७७ र यसअन्तर्गतको प्रचारप्रसार उपसमितिका सबै निर्णय कार्यान्वयन गरिने भएको छ । प्रचारप्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा आज बसेको बैठकले दिवसको शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । दिवसका अवसरमा आआफ्ना घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न आमसञ्चार माध्यमबाट प्रचारप्रसार गरिने सचिव बस्यालले बताए । सूचना तथा प्रसारण विभागले राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व र आवश्यकतासमेतलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने गरी वर्गीकरणमा परेका सबै पत्रपत्रिकामा लोक कल्याणकारी व...
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ :  मन्त्री भट्ट

प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ : मन्त्री भट्ट

मुख्य समाचार, राजनिती
काठमाडौँ, माघ २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बताएका छन । प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश इञ्चार्ज भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिश गरेको बताए । उनले प्रश्न गर्दै भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने स्पष्ट लेखिएको छ, सरकारले काम गर्न नसक्ने स्थिति आएपछि र देशमा समस्या आइपरेमा ताजा जनादेशका लागि जनता माझ जान्छु भन्दा अरुको टाउको दुखाइ किन रु” उनले प्रधानमन्त्रीको कुर्सी नपाउँदा केही नेतालाई निद्रा लाग्न छोडेको टिप्पणी गरे श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले पद ...
‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक दर्शकमाझ आउँदै

‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक दर्शकमाझ आउँदै

मनोरञ्जन, मुख्य समाचार
काठमाडौँ, माघ २६ । अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर मिडियामा चर्चामा आएका मोडल अभिषेक श्रेष्ठ अब नायकका रुपमा दर्शकमाझ आउने भएका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘चुरीफुरी’मा अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत कलाकारका रुपमा फाइनल भएका हुन् । कमेडी फ्लेभरमा निर्माण भइरहेको फिल्ममा यसअघि नै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायत अनुबन्धित भइसकेका छन् । निर्देशक आचार्यका अनुसार नयाँ कलाकारहरु अडिसनबाट चयन भएका हुन् । उनले करिब ८ सय युवायुवती अडिसनमा सहभागी भएको बताए । आरबी मुभीजको ब्यानरमा ...
निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ:  अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीका माग सम्बोधन गरिन्छ: अर्थमन्त्री पौडेल

आर्थिक, मुख्य समाचार
काठमाडौँ ,माघ २६ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न पनि महासङ्घ नेतृत्वले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ । महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ । कोभिड–१९ को असरले गर्दा निर्माण क...
भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

भारतमा हिमपहिरोले १८ को मृत्यु, २ सय बढी बेपत्ता

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं, माघ २६ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ । अन्य २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तीब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तीब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ । मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए । बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदूर रहेका थिए । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरु...
भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन (फोटोफिचर )

मुख्य समाचार, समाचार, समाज
काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । बिद्यार्थि तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको हो । बट्टार बजारको नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्याली सदरमुकाम बिदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो । र्यालीमा सहभागी युबा बिद्यार्थिले भागिरथीलाई न्याय दे, बलात्कारिलाइ फाँसी दे, कानुनी राज्य स्थापना गर लगायत नारा लगाउदै प्ले कार्ड बोकि प्रदर्शन गरेका हुन । ...
भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २६ । भारतको बिहार राज्यमा पर्ने चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको छ। हत्यापछि उनको शव प्रहरीकै मिलेमतोमा जबर्जस्ती जलाइएको संकेत पाइएको बीबीसी हिन्दीले जनाएको छ। बीबीसी हिन्दीका अनुसार प्रारम्भिक अनुसन्धान र भाइरल अडियोबाट घटनामा स्थानीय प्रहरी थानाकै थानाध्यक्षको मिलेमतो रहेको प्रमाण भेटिएको हो।...
बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २६ । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या गरिएको छ। जिल्लाको बरियारपुर नगरपालिका वडा नम्बर १ मा अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरि ती महिलाको हत्या गरिएको हो । बरियारपुर नगरपालिका वडा नम्बर १ निवासी बैझनाथ प्रसाद कुशवाहाको ४५ बर्सिय श्रीमती कान्ती देवि कुशवाहालाई राती करिब १० बजेको समयमा हत्या भएको जिल्ला प्रहरी कार्यालय कलैया , बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार यस घटनाको बिषयमा अनुसन्धान भईरहेको र अनुसन्धानमा तालिम प्राप्त कुकुरलाई समेत परिचालन गर्ने तयारी भैरहेको जानकारी गराएका छन् । श्रीमान् पनि घर बाहिर भएको मौका छोपेर हत्या गरि फरार भएको डिएसपी मिश्रले बताए ।...
नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २६। नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ। देशभरका यातायात व्यवस्था कार्यालयमार्फत् परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फाराम भरिरहेका छन्। गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा। लोकनाथ भुषालले बताए। उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो। निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकैपटक भीड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन्। अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुषालले जानकारी दिए।...