Friday, April 26
Shadow

मुख्य समाचार

१० महिनापछि नियमितरुपमा आजबाट सञ्चालनमा आयो झुलाघाट नाका

१० महिनापछि नियमितरुपमा आजबाट सञ्चालनमा आयो झुलाघाट नाका

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २४ । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आजबाट आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जानकारी दिएको हो । सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताएका छन् । सरकारले यसअघि गत शुक्रबारदेखि नै देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरे...
सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झर्‍यो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ २४ । सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सङ्क्रमण फैलिएको ११ महिनापछि सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । सिरहामा कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । केही दिनयता जिल्लाभरिका सबै क्वारेन्टिन र आइसोलेशनमा आशङ्कित र सङ्क्रमित एक जना पनि बाँकी नरहँदा ती ठाउँ खाली भएको छ । जिल्लामा कोरोना सङ्क्रमण शून्यमा झरे पनि जोखिम अझै कायम रहेको छ । यसकारण स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गर्न प्रमुख यादवले सुझाव दिएका छन् ।...
चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौँ , माघ २४ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो । घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी ३५ वर्षीया सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको हो ।...
कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

कोरोना महामारीः विश्वभर ७ करोड ७६ लाखले जिते , मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ७४ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ७ करोड ७६ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जना निको भएका छन् । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । यसमध्ये १ लाख ५ हजार ९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ७ हजार १२८ पुगेको छ ।...
चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

ब्यानर समाचार, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, माघ २४ । चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएका हुन् । यसका साथै शुक्रबार साँझ ज्ञवाली र वांगयीबीच आपसी हितका विषयहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञिप्तमा उल्लेख छ । चीनका विदेशले नेपालमा कोरोना विरुद्धको पाँच लाख खोपको उपलब्ध गराउने घोषणा गरेका साथै चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए । ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।...
आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

आज पनि वर्षा र हिमपातको सम्भावना, कुन ठाउँमा कस्तो ?

ब्यानर समाचार 2, मुख्य समाचार, मौसम, समाचार, समाज
काठमाडौँ, माघ २४ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा पनि हल्कादेखि मध्यमसम्म हिमपातको पूर्वनुमान गरिएको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा ११ बजेपछि बदली हुने र २/र३ बजेपछि वर्षा हुन सक्ने मौसमविद् निराजन सापकोटाले बताएका छन् । आज बिहानको मापनअनुसार काठमाडौँको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १८/२० डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु सक्रिय हुँदा शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थिय...
आज २०७७ माघ २४ गते शनिबारको राशिफल

आज २०७७ माघ २४ गते शनिबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । बृष कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ ।  धार्मिक कार्यमा रूची बढ्नेछ । मिथुन लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ ।  बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । कर्कट लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथि...
बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने, तर कति दिन ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, माघ २३ । बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नाग...
राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धि अध्यादेश जारी

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौँ , माघ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)अध्यादेश, २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको जानकारी दिएको छ । अध्यादेश जारी भएसँगै आउदो आइतबारदेखि सकिन लागेको आयोगको म्याद थप ६ महिना थपिएको छ ।...
मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तीव्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २३ । मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । उनले भने, “विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।” गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रम...