Saturday, May 18
Shadow

मुख्य समाचार

सामाजिक सञ्जालमा अंकुश लगाउँदै सरकार, निर्देशिका ल्याउने तयारी

सामाजिक सञ्जालमा अंकुश लगाउँदै सरकार, निर्देशिका ल्याउने तयारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २८ । विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसदमा विचाराधीन सूचना प्रविधिसिम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । निर्देशिका लागू भए नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कम्पनीले तीन महिनाभित्र सरकारी निकायमा दर्ता हुनुपर्नेछ । सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति रोक्न निर्देशिका ल्याउन लागिएको बताए । संविधानले पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, उत्तेजक, व्यक्तिकेन्द्रित, अदालत र राष्ट्रप्रति अभि...
यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाटै हुने

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौ , माघ २८ । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ । सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए  ।...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बन्द गरिएको तातो पानी नाका २१ दिनपछि खुल्यो

बन्द गरिएको तातो पानी नाका २१ दिनपछि खुल्यो

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ २८। तातोपानी नाका तीन सातापछि खुलेको छ । मितेरी पुलको मर्मतका लागि बन्द गरिएको नेपाल र चीनबीचको उक्त नाका खुलेको हो । भन्सार कार्यालयका अनुसार नाका खुलेसँगै मङ्गलबार छ कन्टेनर चिनियाँ सामग्री नेपाल भित्रिएको छ । कोरोना भाइरस सङ्क्रमणको सन्त्रास, नाकाप्रति स्थानीयको फरक बुझाइलगायतका कारण पटक–पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतका लागि बन्द गरिएको २१ दिनपछि पुनः सुचारू भएको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमाको मितेरी पुल मर्मतमा लागि २० दिनका लागि नाका बन्द गरेको थियो ।...
आज २०७७ माघ २८ गते बुधबारको राशिफल

आज २०७७ माघ २८ गते बुधबारको राशिफल

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुहरू पनि पराजित हुनेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवारीक झमेला आउला । कुविचारमा मन जानेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । साम...
रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

रोल्पाबाट हातहतियारसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७ । रोल्पाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । रोल्पा नगरपालिका–१० धबाङ बस्ने २५ वर्षीय प्रकाश बुढा र सोही ठाउँस्थित चिउरीडाँडाका ३९ वर्षीय नरबहादुर घर्तीमगरलाई धाङ्सीखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीले बताए । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र एक थान खुकुरीसहित पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई हतियारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

चुनावका लागि आयोगलाई सरकारले दियो ७ अर्ब बजेट

आर्थिक, मुख्य समाचार
काठमाडौँ, माघ २७ । सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनका लागि पहिलो चरणमा रु सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा रु ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए । आजै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए ।...
ने बि संघका नेता पवन थापाद्वारा पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

ने बि संघका नेता पवन थापाद्वारा पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण

मुख्य समाचार, शिक्षा, समाचार, समाज
नुवाकोट, माघ २७ । ने बि संघका नेता पवन थापाले पन्चकन्या गाउँपालिकाको तीन वटा विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । थापाले पन्चकन्या गाउँपालिका स्थित श्री भेडावारि मा।वि , श्री नामरुन आधारभुत विघालय र दुप्चेश्वर प्रा ।वि विद्यालय लाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । व्यक्तिगत तथा सिटिजन लाइफ इन्स्योरेन्स एजेन्सि म्यानेजरको तर्फ बाट शैक्षिक सामग्री हस्तान्तरण गरेको उनले बताएका छन् । कपि, कलम , सिसा , जाेम्याट्रीक वक्स, dictionary book , ten sets book  लगाएतका विभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । साथै उनले यो सुरुवात भएको र केहि गर्ने अवस पनि पाएको बताएका छन् । हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवि रामेश्वर थापा , विशिष्ट अतिथि वडा अध्यक्ष मधु थापा , विशिष्ट अतिथि सिटिन्ज लाइफ इन्स्योरेन्स जरङखु शाखा प्रमुख स्वेच्छा उप्रेती रहेका थिए । साथै सामारोहमा...
गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् । राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे । ०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...
नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार

नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ २७ । नुवाकोट ककनी गाउँपालिका ३ घरभएकी किशोरीमाथि बालाजुमा छुरा प्रहार भएको छ । उनलाई एकजना युवकले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताएका छन् । छुरा प्रहारबाट किशोरी घाइते भएकी छन् । उनको काठमाडौंमा रहेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । छुराप्रहार गर्ने युवकलाई नियन्त्रण्मा लीएको डिएसपी बुढाथोकीले बताए । घटनाको विषमा थप अनुसन्धान भइरहेको पनि उनले बताएका छन् । ककनी ३ लौके स्थायी घर भएकी रेस्की तामाङमाथि रामेछाप घर भएका युवकले छुरा प्रहार गरेका हुन् ।  ...