Saturday, April 27
Shadow

गित संगित जीवन जिउनको लागि अत्यावस्यक रश हो: गायक,सर्जक महेश नेपाल


  • -इ
  • इ+

काठमाडौं,३० असार। । विगत केहि वर्षदेखि गित संगित क्षेत्रमा लम्किरहेका बहुप्रतिभावान कलाकार/सञ्चारकर्मी हुन् महेश नेपाल। संगीत क्षेत्रमा होमिएका उनि सिन्धुपाल्चोक जिल्ला, साबिक स्याउले  वडा नं ९ ,अहिले चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १ का स्थानिय बासिन्दा हुन् । साँगितिक क्षेत्रमा लागेको छोटो समयमा नै दर्शक स्रोताको मन जित्न सफल भैसकेका उनि बहुप्रतिभाका धनि व्यक्ति हुन् । कुशल सञ्चारकर्मी,गित लेखन, गायन, लय संकलन, म्यूजिक भिडियो निर्देशनमा समेत पोख्त उनि हरेक कलाकारहरुको रोजाईमा पर्ने गरेका छन् ।  प्रस्तुत छ महेन्द्र अधिकारीले ईन्टरभ्यु नेपालका लागि लोक गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपालसगँको कुराकानी……

१. तपाईंको विचारमा गित संगीत भनेको के हो ?

गित संगित भनेको जीवन जिउनको लागि अत्यावस्यक रश हो । हामी जसरी मुखको स्वादको लागि मीठो खाना खान चाहन्छौँ, जसरी आँखाको लागि सुन्दर दृश्यहरु हेर्न चाहन्छौ । त्यस्तै गरि कानको लागि पनि कर्णप्रीय गित, संगित आवस्यक हुन्छ । गित संगित पनि जिवनको एक पाटो हो।

२.गित संगीतको यात्रा शुरु गरेको कति वर्ष भयो ? यो अवधिमा के के पाउनु भयो ?

ब्यवसायीक रुपमा गित संगित निकाल्न थालेको पाँच बर्ष पूरा भयो । यो अवधीमा अली अली नाम, अली अली दाम, दर्शक श्रोताको नाम र सबैभन्दा बढी चाहिँ आत्मसन्तुष्टि पाईयो ।

३. अरुको तुलनामा सर्जक अलि ओझेलमा हो ?

अरुको तुलनामा सर्जक ओझेलमा पर्ने कुरा सही हो। जुनसुकै गित चल्दानी गायक गायिकाको चर्चा बढी हुन्छ । गित लेख्ने, संगीत भर्ने श्रष्ठा प्राय ओझेलमै परेको देखीन्छ। घर बलियो हुन जगको महत्वपुर्ण भुमिका हुन्छ । तर घरको जग ओझेलमै हुन्छ । जसरी पब्लीकले जग नदेखी घरको बाहीरी आवरण मात्र देख्छन । सायद गित संगितमा पनि त्यस्तै होला ।

४. पछिल्लो समय टिकटकमा गित काटेर राख्ने चलन छ यसलाई कसरी लिनुहुन्छ ?

प्रबीधीले यस्तै समय ल्याईदियो । प्रबीधीको सदुपयोग त गर्नै पर्यो । आजभोली बिज्ञापनको राम्रो थलो बनेको छ टिकटक ।

५. गित संगीत अलवा अरु केहि गर्नुहुन्छ ?

गित संगीत बाहेक पत्रकारीता गर्छु र आफ्नै ब्यवसाय पनि छ।

६. गित संगीत क्षेत्रमा नलागौं जस्तो लाग्दैन ?

मान्छेको मन हो समय समयमा त्यस्तो लाग्छ । अन्य नशा जस्तै नशा रहेछ गित संगीत पनि चाहेर पनि छाड्न नसकिने भैसकियो अहिले त ।

७. अहिले जिवनशैली कसरी चल्दै छ ?

आज भोलि आर्थीक मन्दीले गर्दा कसैको पनि जीवन त्यति सहज छैन । मेरो पनि अरुको जस्तै सामान्य तरीकाले चल्दैछ। गित संगित, रोजीरोटीको लागी गरिएको ब्यवसायमा दौडधुप । यस्तै गरि चलीरहेको छ ।

८. तपाईंको पछिल्लो सृजना कुन हो ?

मेरो पछील्लो समय बजारमा आएको सृजना हो लोक दोहोरी गित “क्यानम” । जसमा अमृत आचार्य ‘माईला गुरु’, म स्वयं महेश नेपाल र दिपिका पराजुलीको आवाज रहेको छ । जसमा शब्द मेरै र संगित सागर भण्डारीजीको रहेको छ ।

९. अन्तमा…?

मेरा मनका कुराहरु पोख्न पाएँ । यो अवसरको लागि तपाईं लगायत यस मिडियालाई धेरै धेरै धन्यबाद । नेपाली मौलीकताको संरक्षण गरौँ, नेपाली बनौँ, नेपाली भनौँ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares