Thursday, May 2
Shadow

सर्जक शम्भु नेपालको शब्दमा संगम थापा, शारदा रसाइली, कोपिला तामाङको “एउटै मुटु” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौं, असार २६ । लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि प्रतिभाका खानि शम्भु नेपालको शब्दमा “एउटै मुटु” बोलको गीत बजारमा सार्बजनिक भएको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपालि लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने सर्जक नेपालको धारणा रहेको छ ।

उक्त सार्वजनिक भएको गीतमा गायक संगम थापा, गायिका शारदा रसाइली, कोपिला तामाङ वाईबाको सुमधुर स्वरमा सुन्न सकिन्छ र “एउटै मुटु” बोलको गीतमा एरेन्ज नारायण द्ङ्गालको छ भने सो गीत म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा गरिएको गीतलाई मनोज परियारले मिक्सिङ्ग गरेका हुन् ।

उमेश कार्कीको निर्देशन रहेको “एउटै मुटु” म्यूजिक भिडियोमा अनु पराजुली उमेश भट्ट ,अभिषेक सुनार लगायत अन्यको अभिनय देख्न सकीन्छ । सरोज शाहिको छायांकन रहेको म्यूजिक भिडियोलाई रोशन धितालले सम्पादन गरेका हो भने म्यूजिक भिडियोको निर्मण एसिया म्यूजिक नेपाल प्रा.ली.मा गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares