महेन्द्र अधिकारी
काठमाडौं,३१ असार । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् ।
यसै क्रममा “यो तीजको लहर हो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डी.पी खनालको शब्द रहेको यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।
यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ भने गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । शान थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत अन्य कलाकारको अभिनय रहेको छ। सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई अर्जुन तिवारीको छायाँकन,राजीव समरको कोरियोग्राफी रहेको छ ।
नोभिस आर्टसको निर्माण रहेको “यो तीजको लहर हो” गीतको भिडियोलाई नोभिस आर्टस नामक युटुबबाट मार्फत गित हेर्न सकिन्छ ।
हेर्नुहोस् भिडियो :