Sunday, May 19
Shadow

ब्यानर समाचार

ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।विधानअनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। संसद विघटनबारे ओली पक्षको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत...
यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

यी हुन् ओली पक्षले तोकेका सातै प्रदेशका प्रदेश इन्चार्ज

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।...
प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, भन्यो – ‘हामीले नोट गरेका छौं’

प्रतिनिधिसभा विघटनप्रति बल्ल बोल्यो भारत, भन्यो – ‘हामीले नोट गरेका छौं’

ब्यानर समाचार, समाचार
काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले ‘नोट’ गरेको जनाएको छ । त्यसैगरी संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ । साथै दक्षिणी छिमेकी भारतले नेपालमा विकसित भइरहेका पछिल्ला राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताएको छ। बिहीबार आयोजित विदेश मन्त्रालयको नियमित भिडिओ ब्रिफिङमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटमा राखेको बताए उनले यो नेपालको आन्तरिक मामिला भएको र प्रजातान्त्रिक प्रक्रियाबाट अघि बढ्ने पनि बताए।छिमेकी र शुभेच्छुक भएका नाताले भारत नेपाल र नेपालीहरूलाई शान्ति, समृद्धि र विकासको बाटो अघि बढ्न सहयोग गरिरहनेछ, उनले भने। प्रधानमन्त्...
मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ :  प्रवक्ता ज्ञवाली

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रवक्ता ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै हुने बताएका छन् । उनले यसका लागि सरकार तयारीमा रहेको जानकारी दिए । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुरा ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् । आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको समेत उनले बताए ।साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ । बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा...
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको आन्दोलन तयारी, प्रवक्ता श्रेष्ठको संयोजक्तवमा कमिटी गठन

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष ९ पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधिसभा विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने तयारी गरेको छ। केन्द्रीय कमिटीको बैठकमा पुस १४ गतेदेखि देशभर प्रदर्शन गर्ने सहितका संघर्षका कार्यक्रम प्रस्तुत गरिएको छ। बैठकले निर्णय गरेसँगै नेकपाको यो समूह शुक्रवारदेखि नै आन्दोलनका लागि सडकमा उत्रिने छ। गएको ७ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीबाट नेता भीम रावलले पेश गरेको संघर्षको कार्यक्रम पारित गर्दै केन्द्रीय कमिटीमा पेश भएको हो। २ हजार ५ सय १ जनाको आन्दोलन परिचालन कमिटी समेत गठन गर्ने निर्णय भएको छ। बैठकले संघर्षका कार्यक्रम अन्तर्गत भोलि शुक्रवार १० गते साढे ९ बजे माइतीघरमा विरोध प्रदर्शन गर्ने, निर्वाचन आयोगमा दलको आधिकारिकताका घेराउ गर्न जाने रणनीति बनाएको छ। त्यस्तै, भोलि २ बजे पत्रकार सम्मेलन गर्ने,...
चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

चिनियाँ राजदूत हु यान्छीले भेटिन प्रचण्ड

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ९ सत्तारुढ दल दुई टुक्रामा विभाजन भएको बेला चिनियाँ राजदूत हु यान्छीले नेकपा प्रचण्ड– नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन्। बिहीबार विहान साढे नौ बजे प्रचण्ड निवास खुमलटार पुगेकी यान्छी र प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा दुई समूहमा विभाजित भइसकेपछि प्रचण्डसँग यान्छीको यो पहिलो भेटवार्ता हो। नेकपाको विवादमा सक्रिय हुने गरेकी यान्छीले यो पटक कुन बिषयमा छलफल गरिन भन्ने खुलेको छैन।...
नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किए

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौ , पुस ९ । २ दिन प्रधानमन्त्री केपी शर्मा ओलीको समूहका बैठकमा सहभागी भएका नेकपाका सांसद एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड–नेपाल समूहमा फर्किएका छन् । यसअघिको बैठकमा ओली पक्ष्मा सहभागीता जनाएका तामाङले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आफ्नो हस्ताक्षर दुरुपयोग भएको समेत बताएका थिए अब भने आफू प्रचण्ड–नेपाल समूहमै फर्किएको तामाङले आफू निकटलाई जानकारी दिएका छन् । प्रचण्ड–नेपाल निकट एक केन्द्रीय सदस्यले तामाङ आफूहरुकै ‘क्याम्प’मा फर्किएको बताए । प्रचण्ड–नेपाल समूहले बिहीबार बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि तामाङ सहभागी हुनेछन् ।...
दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

दुबै समूहको आज पनि केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

ब्यानर समाचार, राजनिती
काठमाण्डौ , पुस ९ । प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक बसेको दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए ।यता काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे राखिएको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको निकट स्रोतले जनाएको छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ...
प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने ओलीको चेतावनी

प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने ओलीको चेतावनी

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।” साथै उनले यस अवधिमा मिलेरै जानुपर्ने बताए । योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको लागी गरेको उनको भनाइ थियो ।...
केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

केन्द्रीय समिति बैठकः देउवा-पौडेलबीच चर्काचर्की !

ब्यानर समाचार, राजनिती
काठमाण्डौ, पुस ९ । संसद विघटनविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ । बुधबारको कार्यसमिति बैठकमा केहीबेर दुई नेताबीच विवाद नै भएको हो । केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि नेता पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न नहुने बताएका थिए । त्यसैगरी देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने भन्दै संसद विघटनको मुद्धा सर्वोच्चमा पुगिसकेकाले फैसला नहुँदासम्म कांग्रेसले निर्णय गर्न नहुने धारणा बुधबारको बैठकमा राखेका थिए । तर देउवाको भनाईमाथि असहमति राख्दै नेता पौडेलले संसद विघटन गर्नु असवैधानिक भएकाले नेकपा फुट...