Monday, May 6
Shadow

ब्यानर समाचार

दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त

ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाएका छन् । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका छन् । नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनु...
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, आजै राष्ट्रपतिबाट शपथ लिने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सातजना मन्त्री थप गरेका हुन्। थपिएका मन्त्रीहरूमा प्रभु साह श्रम तथा रोजगार, मणि थापा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, टोपबहादुर रायमाझी ऊर्जा, दावा लामा शिक्षा, गौरीशंकर चौधरी खानेपानी, गणेश ठगुन्ना कृषि लगायत रहेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने स्रोतले बताएको छ। उनीहरू शपथ ग्रहणका लागि अहिले शितलनिवास पुग्ने क्रममा रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का असन्तुष्ट समूह पुष्पकमल दाहाल(माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि रिक्त रहेको मन्त्रालयहरुमा प्रधानमन्त्री ओलीले आज नयाँ मन्त्री नियुक्त गरेका हुन्...
थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

थप ६०८ जनामा कोरोना संक्रमण पुष्टि , ९ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, पुस १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४८ हजार २९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१६ पुगेको छ ।...
सभा विघटन गर्नुको कारणबारे सर्वोच्चले सरकारसँग माग्यो  लिखित जवाफ

सभा विघटन गर्नुको कारणबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, पुष १० आज सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको कारणबारे लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतमा शुक्रबार भएको संवैधानिक इजलासपछि सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग संसद् विघटन गर्नुपर्ने कारण माग गरेको हो । यस्तै सर्वोच्चले मन्त्रिपरिषद्ले संसद् विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कलप्रति मगाउन र संसद्बाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्न आदेश दिएको छ । आज संवैधानिक इजलासमा अधिवक्ता सन्तोष भण्डारी, अधिवक्ता रुद्र शर्मा, अधिवक्ता बद्री झा, अधिवक्ता सरोज घिमिरे अधिवक्ता कुलबहादुर बोगटी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको...
प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती
काठमाण्डौँ, पुष १० मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन। बैठक बेलुका ६ बजे बस्ने छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने अनुमान छ । यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुष्ट जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए ।...
प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

प्रचण्ड, माधवकुमार, झलनाथसहितका नेताहरु हामि यहाँ छौँ भन्दै माइतीघर मण्डलामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १० प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु अहिले माइतीघर मण्डलामा उपस्थित भएर विरोध जनाइरहेका छन् । गत आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा उत्रिएको हो । सो प्रकरणपछि नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा उत्रिएका हुन् । अहिले उनी माइतीघर मण्डलामा भेला भएर विरोध जनाइरहेका छन् । छुट्टाछुट्टै दुवै समूहको बैठक बस्ने गरेका छन् । प्रचण्ड–नेपाल समूह सडकमा उत्रिएको हो । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्काे नाराबाजी गरिरहेका छन् । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ ब...
मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको  नाम छ चर्चामा

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको नाम छ चर्चामा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । बालुवाटार स्रोतले जानकारी दिएअनुसार प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना छ ।प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । योसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ । राजीनामा दिनेमा प्रचण्ड पक्षका पाँचजना र माधव नेपाल समूहका दुईजना थिए ।त्यही स्थानमा नयाँ मन्त्री पूर्ति गर्न लागिएको बालुवाटार स्रोतले जानकारी दिएको छ । केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । केन्द्रीय कमिटीको बैठक सकिएपछिको काम नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताएका थिए ।प्रधान...
संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

संसद्‍ विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ आज, देला त निकास ?

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १० । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुँदैछ । सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि यी सबै मुद्दा संवैधानिक इजलासमा पठाइएको थियो । बुधबार रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लैजाने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको हो ।एकसाथ शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाइ सुरु हुनेछ । संसद् भंग गर्ने निर्णय सम्बन्धी मुद्दा अदालतमा विचाराधिन भएकाले शुक्रबारको संवैधानिक इजलासमा हुने सुनुवाइलाई महत्वका साथ हेरिएको छ । आज प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपाने बसह गरेका थिए । प...
स्थानियतहमा लुटको खेती :  सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

स्थानियतहमा लुटको खेती : सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमै

आर्थिक, ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १० । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी भ्रष्टाचार सम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ । आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनतर्फ सबैभन्दा धेरै उजुरी परेको पाइएको जानकारी दिए। शिक्षा क्षेत्रमा १६.३६, भूमि प्रशासनमा ८.२९ प्रतिशत उजुरी परेका छन् । त्यस्तै, दर्ता उजुरीमध्ये वन तथा वातावरणसँग सम्बन्धित ४.२१, स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित ४.०७ र गृह प्रशासनसँग सम्बन्धित ३.६५ प्रतिशत छन् । भौतिक पूर्वाधार तथा यातायाततर्फ ३।५९, ऊर्जा, जलस्रोत तथा सिँचाइतर्फ २.६६, अर्थतर्फ २.१७ प्रतिशत उजुरी परेका छन् ।...
ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।विधानअनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। संसद विघटनबारे ओली पक्षको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत...