Thursday, March 28
Shadow

भारतीय गृहमन्त्री शनिबार नेपाल आउँदै , अचानक किन आउँदै छन् ?


  • -इ
  • इ+

काठमाडौं, पुस १० । नेपालमा नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । यसरी पार्टी विभाजित भएपछि नेपालको राजनीतिमा नै उथलपुथल आएको छ ।

यहि समयमा भारतीय जनता पार्टीका अध्यक्ष तथा त्यहाँका गृहमन्त्री अमित शाह नेपाल आउने भएका छन् । सत्तारुढ नेकपाको विवादले विभाजनको रुप लिइसकेपछि शाह शनिबार नेपाल आउन लागेका हुन् ।

उनी शनिबार एअर इण्डियाको उडानबाट दिउँसो काठमाण्डौ ओर्लने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ । भारतको सत्तारुढ पार्टीका अध्यक्ष शाहले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलसहित सरकारका महत्त्वपूर्ण मन्त्रीहरूसँग भेटवार्ता गर्नेछन् भने उनले आइतबार पशुपतिाथको दर्शन गर्ने कार्यक्रम रहेको बताएको छ ।

नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमणको निम्तो हस्तान्तरण गर्ने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।

उता, लामो समयदेखि शाहका सचिवालयमा काम गरिरहेका सन्दीप रानाले भने गृहमन्त्री शाहको नेपाल भ्रमणको कार्यक्रम तय नभएको बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares