Tuesday, April 16
Shadow

दुईजना मन्त्री हटाइए, ८ नयाँ मन्त्री नियुक्त


  • -इ
  • इ+

 

काठमाडौं , पुस १० । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्री हटाएका छन् । खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका छन् ।

नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, कानुनमन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुईजना मन्त्री हटाइएको छ भने ८ नयाँ मन्त्री नियुक्त भएका छन् ।प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।

नयाँ थपिएका मन्त्रीहरूको शुक्रबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा सपथ हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares