Sunday, May 19
Shadow

ब्यानर समाचार

कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मुख्य समाचार, मौसम
काठमाडौं , पुस १४ । अहिले देशको पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍-भागमा हुसु्कु हिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १५ गते (बुधबार) दिउँसो : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १६ गते (बिहीबार) दिउँसो : सुदुरपश्चिम, कर्...
उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । उखु किसानले चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गरेका छन् । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको ओझाले बताए । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका थिए ।  ...
चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । उत्तरी छिमेकी चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ । नेपालमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको दाबी गरेको हो । सोमबार बेइजिङमा आयोजना गरिएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’ बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष...
राष्ट्रिय सभा अधिवेशन तयारी पूरा, उठ्ला त प्रतिनिधि सभा विघटनको विषय ?

राष्ट्रिय सभा अधिवेशन तयारी पूरा, उठ्ला त प्रतिनिधि सभा विघटनको विषय ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । राष्ट्रिय सभाको बैठक आगामी पुस १७ गते बोलाइएको छ। यसका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको स‌ंघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने पुस १७ गते बोलाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पुरा गरेको बताएको छ। यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्।यता प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउन नपाइने भएको छ। प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ। पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघ...
महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

महिला कर्मचारिलाई सेवाग्राहीले समेत फरक छुट्टाउछन: उपाध्यक्ष आचार्य

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
  काठमाण्डौँ, पुष १३। २०७२ सालमा जारी भएको संविधान अनुसार मुलुकभर महिलाको सहभागिता बढेको छ। संविधानले हरेक स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य गरेको थियो। त्यसपछि महिला सहभागिता बढ्यो तर प्रमुख पदमा भन्दा उपप्रमुख पदमा नै महिलाको सहभागिता बढी देखियो। यद्यपि संविधानले ताकेता गरेअनुसार अधिकार पाउन नसकेको कतिपय महिला जनप्रतिनिधिको गुनासो आइरहेको बेलामा नुवाकोट दुप्चेश्वर गाँउपलिकाकी उपाध्यक्ष अन्जु आचार्य भने महिलाले पद पाइएन भन्ने गुनासो गर्नु भन्दा यसलाई आफ्नो क्षमता देखाउने अवसरको रुपमा प्रयोग गर्नु पर्ने बताउँछिन्। संविधानले महिला अनिवार्य नगरेको भए महिलाको सहभागिता तुलनात्मक हिसाबमा निकै कम हुने भन्दै उनले भनिन्, ‘संविधानले महिला अनिवार्य भन्नुभन्दा अगाडि महिला सहभागिता नगराउन त भनेको थिएन तर महिलाले अवसर पाउन कठिन थियो।’ उनले थपिन, ‘पद तल्लो माथ...
‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

‘प्रतिनिधिसभा विघटनमा सिङ्गो नेकपा जिम्मेवार छ’ : गगन थापा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधिसभा विघटनको मुख्य दोषी सत्तारुढ दल नेकपा नै भएको बताएका छन् । गत पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पछि देशव्यापी विरोध भइरहेका बेला नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधिसभा विघटन गर्दै राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन् । उनले आफ्नो घरझगडा मिलाउन नसक्ने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको र यो देश र जनताको मर्म विपरित भएको समेत बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गरिरहेको हो । नेता थापाले आज नेपालगंजको विरोध कार्यक्रममा सम्बोधन गरिरहेका छन् ।...
संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

संसद् विघटनको विरुद्ध नुवाकोट कांग्रेसको विरोध प्रदर्शन

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष १३ संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको छ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी शर्माओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । सोहि क्रममा नुवाकोटमा पनि नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीको उपस्थीतिमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले, प्रधानमन्त्री ओलीको एकल निर्णय आफैँमा असंवैधानिक र अमान्य भएको बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामा, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी लगाएतका नेताहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध जनाएका छन् । ...
प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

प्रचण्डसँग डेढ घण्टा भेटवार्ता गरेर निस्कियो चिनियाँ टोली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले करिब डेढ घण्टा भेटवार्ता गरेको छ। सोमबार बिहान ८ बजेर ५३ मिनेटमा प्रचण्ड निवास खुमलटार प्रवेश गरेको चिनियाँ टोली १० बजेर २० मिनेट जाँदा बाहिरिएको छ। करिब डेढ घण्टा लामो भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो। सार्वजनिक कुनै जानकारी नदिइ राजनीतिक भेटघाट गरिरहेको टोलीले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो। आज सोमबार नै चिनियाँ टोलीले नेकपाका अर्का अध्यक्ष माधवकुमा...
चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

चिनियाँ टोलीले आज दाहाल–नेपाल समूहसँग भेट्दै, सक्ला त नेकपा मिलाउन ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फेरि जुटाउन चीन अग्रसर बनेको छ । नेकपा विभाजन भएको एक साता नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली नेपाल आइपुगेको छ । यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गरेका छन् । हिजो नेपाल आएलगत्तै भेटघाटमा सक्रिय रहेको टोलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि शितलनिवासमा एक घण्टा भेटवार्ता गरेको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको भेटका बारेमा औपचारिक जानकारी गराएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली हिजो दिउँसो काठमाडौं ...
संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

संसद् विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस , कुन नेताको सम्बोधन कहाँ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं पुस १३ । संसद् विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गर्दैछ । संसद् विघटन गरेर मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भनेको कांग्रेसले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको हो । आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले नेता-कार्यकर्तासहित सबैमा अपिल गरेका छन् । देउवाले शनिबार अपिल जारी गर्दै १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुन नेता-कार्यकर्तासहित शुभचिन्तक तथा लोकतन्त्र पक्षधर सबैलाई आग्रह गरेका हुन् । अपिलमा देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरितको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमतसाथ उभिएको दाबीसमेत गरेका छन् । कांग्रेसले गत बिहीबार बसेको केन्द्रीय समिति बैठकबाट १३ पुसमा १ सय ६५ वटै प्रतिनिधि सभातर्फका निर...