Wednesday, May 8
Shadow

ब्यानर समाचार

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेट्यो राष्ट्रपतिसँग , फुटिसकेको नेकपा मिलाउन सक्रिय

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौ, पुस १३ । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको हो । भेटमा समसामयिक राजनीतिक​ लगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गर्ने बताइए पनि समय अभावका कारण आज भेटघाट हुने बताइएको छ । टोलीले नेकपाका शीर्ष नेताहरूसँग भेटघाट गर्ने स्रोतले जनाएको छ । तर यसबारे परराष्ट्र मन्त्रालयले कुनै पनि औपचारिक जानकारी दिएको छैन । बेइजिङबाट छङ्तुको बाटो हुँदै टोली दिउँसो सवा एक बजे काठमाण्डौ आइपुगेका हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चिनियाँ उच्च...
राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालकाे स‌ंविधानकाे धारा ९३ काे उपधारा १ बमाेजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियाे । संघीय संसदको प्रतिनिधिसभा भने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले विघटन गरेकी छन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो । ...
अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

अविश्वास प्रस्ताव सामना गर्छु : मुख्यमन्त्री राई

ब्यानर समाचार, राजनिती, स्थानिय तह
  काठमाण्डौं, पुष १२। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वास प्रस्तावको सामना आरामले गर्ने बताएका छन। मुख्यमन्त्री राईविरुद्ध आइतबारमात्रै अविश्वास प्रस्ताव दर्ता भएको थियो । त्यसलगत्तै राईले यस्तो बताएका हुन। उनले अविश्वास प्रस्ताव प्रदेश सरकार असक्षम भएर नभइ काम गर्न नसकेर लागेकाे समेत बताए।  ...
दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

दूतावास पुगे चिनियाँ उपमन्त्री,अबकाे तयारी के?

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, राजनिती
काठमाण्डौं, पुष १२। करिब एक बजे काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझेउ चिनियाँ दूतावास पुगेका छन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन। उनी सवा एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच नेपाल आएका येझेउ केही समयपछि उनी राजनीतिक भेटमा सक्रिय हुने छन। नेपालमा सत्तारुढ दल नेकपा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक घटनाक्रमका बीच उनी काठमाडौं आएका हुन्। ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं पहिले प्रस्थान गरेका हुन।...
खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

खानेपानी  मन्त्रालयको जिम्मेवारी मन्त्री मणिचन्द्र थापालाइ

ब्यानर समाचार, राजनिती, समाज
काठमाण्डौं, पुष १२ मन्त्री मणिचन्द्र थापाले खानेपानी  मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी पहिलो पटक मन्त्री बनेर सिंहदरबारमा प्रवेश गरेका हुन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालेका थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन। मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तरक्रियाबाट समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।...
माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

माधब कुमार नेपाल भन्छन्ः फेरि एक भएर अघि बढ्न सकिन्छ

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौं, पुष १२ नेकपा का अध्यक्ष माधब कुमार नेपालले पार्टी फेरि एक भएर अगाडी बढ्न सकिने बताउनु भएको छ र यसका लागि प्रधानमन्त्री केपि ओली सच्चिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधी सभाको बिघटन सम्बन्धी निर्णयमा त्रूटि भयो भन्ने महसुस गर्नुहुन्छ भने हामी फेरि पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौ र उहाले अहिलेको लडाइ के पी ओलीसँग नभएर उहाले चालेका कदम, असंबैधानिक, अप्रजातान्त्रिक कदमको बिरुद्दमा हो भन्ने बिचार राख्नुभएको छ । अध्यक्ष नेपालले अहिले नेकपामा भइरहेको विवाद पदका लागि नभई बिधि पद्दति र बैचारिक रहेको प्रष्ट पार्नुभयो । नेपालले प्रधानमन्त्री के पी ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुबै पदको प्रस्ताव आएको तर आफुले अस्विकार गरेको बताउनुभयो । अध्यक्ष नेपालले नेता तथा कार्यकतालाई बिचल्लित नपार्न सुझाब दिनुभएको छ ।...
मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

मुलुकभर कार्यकर्ता भेला गर्दै प्रचण्ड-नेपाल समूह,उपत्यकामा कहिले ?

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, १२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ । भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ। २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुने बताइएको छ । शनिबार बसेको प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिव्रता दिने निर्णय गरेको थियो पार्टी विभाजन भएपछि नेकपाका दुई पार्टि विवादिदमा रहेका छन।...
प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

प्रदेश १ मा तीन मन्त्रीले दिए राजीनामा, शेरधन राई अल्पमतमा

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष १२ प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् । केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । प्रदेश १ मा केपी ओली पक्षका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड–माधव पक्षका नेताहरुले गरिरहेका छन् । यही तयारीमा लागेको आरोपमा शनिबार मुख्यमन्त्री शेरधनले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली पक्षमा पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माध...
कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन :  नेता पौडेल

कामचलाउ मन्त्रीमण्डल हेरफेर संवैधानिक मर्यादाको उलंघन : नेता पौडेल

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस ११। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानवाद र लोकतन्त्र उपर प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नरहेको बताएका छन् । शनिबार साँझ एक वक्तव्य जारी गर्दै नेता पौडेलले संविधानले प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरी लोकतन्त्रको आत्मामा प्रहार गरेको बताए । उहाँले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् । अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभयो । संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिँदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो, विज्ञप्तिमा भनिएको छ । कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गरेको पौडेलको भनाइ छ । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल हेरफेर गरेको थिए । पौ...
नेकपा विवाद असर :  प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

नेकपा विवाद असर : प्रदेश १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई पदमुक्त

ब्यानर समाचार, राजनिती
काठमाडौँ, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर क्रमशः प्रदेशहरुमा समेत देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यता आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको सुवेदीले बताए।मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् ।...