Monday, June 1
Shadow

ब्यानर समाचार 2

ओलि प्रती घनश्याम भुसालको कटाक्ष :ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हँसाईरहेका छन्

ओलि प्रती घनश्याम भुसालको कटाक्ष :ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हँसाईरहेका छन्

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए। ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हास्छन् । डाँडामा भ्यूटावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधनस्रोतको अनावश्यक खर्चमात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ, यसले हाम्रो जस्तो गरिब मूलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ,’ भुसालले भने । अहिलेको चुनावी व्यवस्थाले नै दलहरुबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको...
प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा

खेलकुद, ब्यानर समाचार 2
प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आइपुग्नुभएको छ । पोखरा रङ्गशालामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी बन्न उहाँ पोखरा आउनुभएको हो । यसअघि प्रधानमन्त्री देउवाले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्नुभएको छ । पोखरामा जारी नवौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताको गत असोज २८ गते एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले समुद्घाटन गर्नुभएको थियो । ...
अध्यक्ष नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

अध्यक्ष नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन विशेष, ब्यानर समाचार 2
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ । ...
पाउलो कोएल्हो- सफलताको कथा

पाउलो कोएल्हो- सफलताको कथा

ब्यानर समाचार 2, साहित्य/कला
  पाउलो कोएल्हो विश्व-प्रसिद्ध ब्राजिलियन उपन्यासकार हुन् जसले सबै समयको सबैभन्दा धेरै बिक्रि हुने पुस्तकहरू प्रकाशित गरे; 'द अल्केमिस्ट'। उहाँले 28 अन्य पुस्तकहरू पनि प्रकाशित गर्नुभएको छ, र आजसम्म संसारभरि लाखौं मानिसहरूलाई प्रेरित गरिरहनुभएको छ। कम्तिमा 320 मिलियन पुस्तकहरू बेचिसकेपछि, यो भन्न सुरक्षित छ कि पाउलो कोएल्होलाई सफलताको बारेमा एक वा दुई कुरा थाहा छ। जस्तै, हामी यस पाउलो कोएल्हो सफलताको कथा विशेषमा यो पुस्तक-लेखन पावरहाउस कसरी भयो भन्ने कुरामा डुब्नेछौं। "तिमी त्यही हौ जुन तिमी आफैंलाई बन्ने विश्वास गर्छौ।"  - पाउलो कोएल्हो - हामी विश्वास गर्छौं कि सफलताले सुराग छोड्छ, त्यसैले हामी पाउलो कोएल्हो जस्ता व्यक्तिहरूको प्रेरणादायी सफलता कथाहरू समावेश गर्दछौं। हामीले पाउलो कोएल्होलाई पनि रोज्यौं किनभने उहाँसँग कसैको सपनाहरू पछ्याउने छनौट गर्ने बारे उत्कृष्ट कथा छ ...
काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

काठमाडौं क्षेत्र नम्बर–६ मा पूर्व रक्षामन्त्री र पूर्व प्रहरी प्रमुख भिड्दैै

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
काठमाडौँ - प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । हालै एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका खनाल र विगत लामो समयदेखि राजनीतिमा जम्दै काठमाडौँ ६ बाटै पटकपटक चुनाव जित्दै आएका प्रधानबीच हुन लागेको प्रतिस्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रधान र खनाल बाहेक यो क्षेत्रमा राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल पनि चर्चित उम्मेदवार हुन् ।२०४८ सालदेखि यो क्षेत्रमा कांग्रेसको राजनीति गरेका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचार प्रसारको अभियानमा लागिसकेका छन् । यसअघि २ पटक निर्वाचित भएर सो क्षेत्रमा गरेको विकास निर्माणको काम हेरेर मत...
काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीतिक दल तथा स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । एमालेबाट सर्वेन्द्र खनाल, कांग्रेसबाट भीमसेनदास प्रधान, जसपा नेपालबाट मनोज आचार्य, राप्रपाबाट विष्णुप्रसाद आचार्य, नेमकिपाबाट सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीबाट कमल न्यौपाने, हाम्रो नेपाली पार्टीबाट मुकुन्द सिलवाल, राप्रपा नेपालबाट महेश्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रसाइली उम्मेदवार छन् । यस्तै विवेकशील साझा पार्टीबाट अजित खड्का, एकीकृत शक्ति नेपालबाट काजी कार्की, नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार छन् । स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल, दीपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इ...
काठमाडौँ–६ मा एमालेको तर्फबाट  गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

काठमाडौँ–६ मा एमालेको तर्फबाट गैर राजनीतिक क्षेत्रका उम्मेदवार- पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
हालै पार्टी प्रवेश गरेर काठमाडौँ–६ मा एमालेको तर्फबाट उम्मेदवारको टिकट हात पारेका सर्वेन्द्र खनाल राजनीतिमा नयाँ अनुहार हुन् । प्रहरी संगठनमा हुँदा विभिन्न काम गरेर चर्चा कमाउन सफल भए पनि केही घटनामा उनी विवादमा परे । समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै खनाल प्रहरी प्रमुख भएका थिए । उनको कार्यकालका बेला बहुचर्चित ‘निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन । २०७६ मा सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलसँगै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो । प्रहरी प्रमुखबाट अवकास पाएपछि खनालमाथि ‘सांसद अपहरण’को आरोप लागेको थियो । अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले...
पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति ठिक होइन-पूर्व रक्षामन्त्री प्रधान

निर्वाचन विशेष, ब्यानर समाचार 2, समाचार
प्राध्यापन पेसासँगै नेपाली कांग्रेसमा राजनीति गरेका भीमसेनदास  प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हीतमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए । अघिल्ला २ कार्यकालमा आफूले गरेको कामको मूल्याङ्कन गर्दै जनताले आफूलाई निर्वाचित गराउने उनको विश्वास छ ।  प्रधानले भने, ‘तपाईले क्षेत्र नम्बर ६ का लागि राम्रो काम गर्नुभएको छ भनेर जनताबाट प्रतिक्रिया पाएको छु । जनताले मैले गरेको काम हेरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’ राजनीतिक दलले पूर्व कर्मचारीहरुलाई चुनावमा उठाउने प्रवृत्ति भने उनलाई ठिक लाग्ने गरेको छैन । जुनसुकै पार्टीले उम...
शासकीय स्वरुपमा मानवीय मूल्य

शासकीय स्वरुपमा मानवीय मूल्य

ब्यानर समाचार 2, विचार
लेखक: चिरन कोइराला   मानवीय मूल्य (Human Values) परिचयः मानव जाति र समाजको आधारभूत असलपन नै मानवीय मूल्य हो । आधारभूत मानवीय मूल्यहरूले ती मूल्यहरूलाई जनाउँछ जुन मानव हुनुको मूल भाग हो एवं मानवीय हितको मूलमन्त्र हो । मानवमा भएका आधारभूत अन्तर्निहित मानहरूः सत्य, इमान्दारीता, वफादारी, सत्भाव, दया, प्रेम, शान्ति, अहिंसा, असल आचरण, सहयोगी भावना आदिनै मानवीय मूल्यहरु हुन् । मानवमा भएको प्रेम, सद्भाव, सहिष्णुता, विश्वास, भाइचारा, सेवाभाव एकता, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदाय...
महानगरले नै घरबहाल कर  उठाउने

महानगरले नै घरबहाल कर उठाउने

ब्यानर समाचार 2
 विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तक्र्रियामा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताउनुभयो । यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो । संविधानले नै घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई दिएको छ । प्रमुख कोइरालाले अबदेखि महानगरमै आएर घर बहाल कर तिर्न स्थानीयलाई आग्रह गर्नुभयो । विराटनगर महानगरले अझैसम्म पनि सोचेजस्तो घर बहाल कर उठाउन सकेको छैन । अन्तक्र्रियामा वडाध्यक्षहरुले आफ्ना वडामा ठूल–ठूला व्यावसायिक फर्म भए पनि आफूहरुले कर सङ्कलन गर्न नसकेको बताउनुभयो । धेरै व्यवसायी करको दायराभन्दा बाहिर रहेको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले महानगरको विकासका लागि कर सङ्कलनमा कठोर बन्नुपर्नेमा जोड दिएका । सो अवसरमा आन्तरिक राजस्व कार्यालयका प्रमुख ड...