Wednesday, May 8
Shadow

ब्यानर समाचार 2

ने.बि.संघ ग्रामीण आदर्शले गर्यो सहिद दिवसको अवसरमा दिप प्रज्वलन

ने.बि.संघ ग्रामीण आदर्शले गर्यो सहिद दिवसको अवसरमा दिप प्रज्वलन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - नेपाल बिद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस ईकाई परिवारले आज सहिद दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो। मुलुकमा प्रजातन्त्र स्थापना लोकतन्त्र,गणतन्त्र तथा विभिन्न सामाजिक तथा राजनीतिक क्रान्तिको आन्दोलनमा आफ्नो प्राण आहुती दिने सम्पुर्ण ज्ञात-अज्ञात सहिद हरुको सम्झनामा ने.बि संघले दिप प्रज्वलनको आयोजना गरेको हो। कार्यक्रममा ग्रामीण आदर्श बहुमुखी क्याम्पसका ईकाइ सभापती महेश मणि पौडेल, पुर्व स्व.बि.यु सभापति बद्री मुडबरी, नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य ईन्द्रमान महर्जन, पुर्व ईकाई सभापति आशिष् पाण्डे, बलदेव थापा, नेपाली काङ्ग्रेस महाधिबेशन प्रतिनिधि मनोज राना, लक्ष्मि सिलवाल नेपालि काँग्रेस नुवाकोटका नेता शिव गुनि, तरुण दल नेता दिपेश थापा लगायत बिद्यार्थि नेताहरु परोपकार अधिकारी, माधव शर्मा, जीवन राना, राजेन्द्र फुयाल निरन्जन बजगाईँ, लगायतको बाक्ल...
कुष्टरोग निवारणमा राज्यको भुमिका , मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,

कुष्टरोग निवारणमा राज्यको भुमिका , मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,

ब्यानर समाचार, ब्यानर समाचार 2, स्वास्थ्य
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोग,                              काठमाडौ - ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी माघ १५ गते कुष्टरोग निवारण दिवस मनाइयो । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०...
सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ ।एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो ।सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ ।विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ ।स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन भएको छोटो समयमै सत्ता गठबन्धन भत्काउँदा सरकारप्रति नै ठूलो अविश्वास बढ्ने भएकाले त्यस्तो गर्न नहुने पक्षम...
शिवपुरी साहित्य समाजले पाँचजना साहित्यकार लाई सम्मान गर्ने

शिवपुरी साहित्य समाजले पाँचजना साहित्यकार लाई सम्मान गर्ने

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - साहित्यिक वृत्तमा क्रियाशील संस्था शिवपुरी साहित्य समाजले, २०७९ सालका लागि विभिन्न विधाका पाँच सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको समाजको बैठकले ‘नरबहादुर भारती स्रष्टा सम्मान’ साहित्यकार पवन आलोकलाई, शिवपुरी गजल सम्मान’ साहित्यकार मनोज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ ।यस्तै, ‘मान–शोभा प्रतिभा सम्मान’ खुमराज घिमिरेलाई, ‘विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार’ सूर्यप्रसाद लाकोजूलाई र ‘गौरी कार्की स्मृति मुक्तक सम्मान’ हरिकृष्ण काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त सम्मान तथा पुरस्कारहरू आउँदो फागुन २७ गते प्रदान गरिने जानकारी कवि माधव बिडारी " चेतनपथ" ले दिनुभयो ।...
अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि

ब्यानर समाचार 2, विचार, साहित्य/कला
कथा                                                                            सग्लो मान्छे                                                                        ========                                                                लेखक - "चेतनपथ" माधव बिडारि                                                                                                                                    म बरन्डामा बसेर पुषे घाम ताप्दै असन बजारको चहलपहल हेर्दैछु।बाटोमा जिन्दगीसंग प्रतिस्पर्धा गर्नेहरुको भिड्ले भरीएको छ।मान्छेको लम्काइ देख्दा लाग्छ कोशौ टाढा जानको लागि एकाअर्कामा प्रतियोगिता चल्दैछ।म गजबले नियाल्दैछु; असन आफैमा अशक्त छ,ढुङ्गाको चेपबाट बनेको सुरुङ्ग जस्तै बाटो ,त्यसमा सलहका ताती जस्तै सामान किन्ने र बेच्नेको भिड अनि ईटाको चाङ जस्तै अवेवस्थित रुपले आकाशिएका घरहरू ।बाटोको छेउमा लम्पसार परेक...
डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को  लोकार्पण

डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को लोकार्पण

ब्यानर समाचार 2, साहित्य/कला
काठमाडौँ । शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोह बीच लोकार्पण गरिएको छ । काठमाडौँको मीनभवनस्थित थाहा पुस्तकालयमा नेपाल स्रष्टा समाजद्वारा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि नियात्रा कार घनश्याम राजकर्णिकार र अन्य अतिथिहरुद्वारा संयुक्त रुपमा 'मृतसागरमा तैरिँदा’ कृतिको लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राजकर्णिकारले नियात्रा संग्रहमा २१ वटा निबन्ध रहेको र केही स्वदेशी र केही विदेशी नियात्रा रहेको बताउनु भयो । प्रशासनिक व्यस्तताले पहिले नै साहित्य लेखन गर्न नसकेको उहाँको कृति पढेर थाहा पाइने उहाँले बताउनु भयो । नियात्रा कृतिमा देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्ण गरेको उहाँले उल्लेख गर्नुभएको थियो । स्रष्टा समाजका संरक्षक पवन आलोकले स्रष्टा डा. कडेललाई धेरै पहिलेबाट चिनेको मात्र नभइ सँगै लामो समय क...
नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

नागरिकता प्रकरणमा लामिछाने दोषी ठहर, गृहमन्त्री र सांसद दुवै पद नरहने

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ : सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त विवादपछि सुनाएको फैसलापछि उक्त पदहरू नरहने भएको हो । “रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत् रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन”, फैसलामा भनिएको छ, “निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचितसमेत भएको देखिँदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मे...
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज !

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज !

ब्यानर समाचार, ब्यानर समाचार 2
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।   कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा गैरसांसद समेत मन्त्री हुन पाउने व्यवस्था भएपनि लामिछानेको नागरिकता समेत मान्य नभएकाले उनी उपप्रधान तथा गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।  ...
कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

कार्यालय रित्तै,सेवाग्राहीलाई समस्या

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठ बताउनुहुन्छ । “कर्मचारी न्यून हुँदा सेवा प्रवाहमा समस्या भएको छ”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङ, म्याग्दी र मुस्ताङ गरी तीन जिल्ला यसको कार्यक्षेत्र हो । श्रेष्ठ भन्नुहुन्छ, “सबै ठाउँमा पुग्नुपर्छ, अनुगमन र अन्य कार्यक्रम गर्नुपर्यो, कार्यालयमा तीन जना छौँ, सबै जना फिल्डमा जाँदा कार्यालय रित्तै हुन्छ, सेवाग्राहीलाई समस्या भएको छ ।” मालपोतमा १२ दरबन्दी, चारजना म...
प्रेमप्रसाद आचार्य `सन्तोष´को न्याय र नीति सुधारको लागि MRR युवा हरु द्वारा प्रदर्शन

प्रेमप्रसाद आचार्य `सन्तोष´को न्याय र नीति सुधारको लागि MRR युवा हरु द्वारा प्रदर्शन

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै प्रदर्शन भएको छ।प्रदर्शन आम नागरिक र MRR को युवा हरुले गरेका थिए । आचार्यको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो।माइतीघर मण्डलमा बुधबार दिउँसो भेला भई आचार्यको न्यायका लागि प्रदर्शन भएको हो। उनीहरू माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वरतर्फ गएका थिए। उनीहरूले बानेश्वरमा मौन धारण गर्दै आचार्यलाई श्रद्धाञ्जलीसमेत दिएका छन्। आचार्यको जस्तो अवस्था फेरि नआओस् भनेर प्रदर्शन गरेको प्रदर्शनमा पुगेकाहरूले बताएका छन्। उनको आत्मदाह पछाडी रहेको आर्थिक, सामाजिक, राजनीतिक कारणको पहिचान गर्नुपर्ने प्रदर्शनकारीको माग छ। देशमा केही गर्ने भन्नेका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरूद्ध कडा कानुनको निर्माण गर्न लगायतका मागसहित प्रदर्शन भएक...