काठमाडौ – तारकेश्वर नगरपालिका वडा नं १ मा रहेकाे लक्षमीपुर एकीकृत समूह २५ वर्षमा प्रवेश गरेकाे छ । उक्त कुरा हिजाे पुस २८ मा आयाेजना गरिएकाे आफ्नाे २५औं वार्षिक साधारणसभाका अवसरमा वताईएकाे हाे ।
तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनकाे प्रमुख आतिथ्य एवं संस्थाका अध्यक्ष श्रीराम अधिकारीकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन महासचिव राजु नेपालले गरेका थिए ।
सहअध्यक्ष विश्वनाथ अधिकारीले स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रममा महिला उपसमिति तर्फबाट अध्यक्ष चण्डिका अधिकारीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने सामुदायिक बालक्लबका अध्यक्ष श्री राेशन अधिकारीले बालक्लवकाे प्रतिवेदनहरु गरे । सचिव लक्ष्मण अधिकारिद्वारा प्रगति प्रतिवेदन प्रस्तुत भएकाे थियाे भने वन उपभाेक्ता समितिका अध्यक्ष गाेकुल नेपालबाट पनि प्रतिवेदन प्रस्तुत गरियाे ।
बालबालिकाले प्रस्तुत गरेका सास्कृतिक प्रस्तुतिले कार्यक्रमलाई मनमाेहक बनाएकाे थियाे । समाजका सबै क्षेत्रलाई समेट्दै साझा साधारणसभाका रुपमा मनाउने उक्त संस्थाकाे विगतकाे परम्पराले यसपटक पनि निरन्तरता पाएकाे देखियाे । ६३ घरपरिवारका करिव ३०० जना यश समुहबाट प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् । समुहलाई सहकारी माेडलमा सञ्चालनमा ल्याएकाे यश समुहका गतिविधि अनुकरणीय छन् । आफ्नै तीन तले भवन निर्माणकाे चरणमा रहेकाे समूहले यहि पुस १७ गते बाट २५ वर्षमा प्रवेश समेत गरेकाे छ । साेहि अवसरमा वार्षिक साधारणसभासमेत आयाेजना गरिएकाे कुरा संस्थाका महासचिव वताउँछन् ।
यसै गरि अघिल्लाे वर्षकाे आयव्यय प्रस्तुत गर्दै समुहसँग हाल २,८४,३१,७०७/- रकम जम्मा भएकाे कुरा काेषाध्यक्ष ईश्वर अधिकारिले बताउनु भयाे । २०५६ सालमा रु १०० बाट बचत संकलन गर्न सुरुवात गरेकाे समुहले लामाे ईतिहास रचिसकेकाे छ ।
लेखा समितिका तर्फबाट आफ्नाे प्रतिवेदन प्रस्तुत गरेका पुष्कर अधिकारिले समुह ऎना जस्तै रहेकाे बताए । आगामि वर्षकाे ४० बुदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका अध्यक्ष श्रीराम अधिकारीले आफ्ना सदस्यहरुदाई बाह्र लाख सम्म ऋण बिना धिताे दिने त्याे पनि ७% व्याजदरमा वताए । आफ्ना सदस्यका सबै सुख दुःखमा साथ दिने बताउदै अध्यक्ष अधिकारीले समुहमा आवद्ध ६३ घर एउटै परिवार भएकाे बताए । जसबाट साच्चिकैकाे सहकारिता यश समुहमा रहेकाे पाईन्छ ।
साधारणसभाका प्रमुख अतिथिका रुपमा उपस्थित मेयर कृष्णहरि महर्जनले प्राेत्साहन स्वरुप समुहकाे भवन निर्माणका लागि १० लाख र समूह भवनमा आउने बाटाेकाे स्तर उन्नति गर्न रु १५ लाख बजेट तत्काल उपलब्ध गराउने बताएका थिए ।
यश कार्यक्रममा समुहले विगत नाै वर्ष अगाडिबाट प्रकाशन गर्दै आएकाे “कर्म” पत्रिकाकाे नवाैं अङ्क विमाेचन गरिएकाे थियाे ।