धादिङ – धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाका दुई ठुला विद्यालयहरु बागेश्वरी मा. वि,रिचोकटार र चन्द्रोदय मा.वि., विशालटारले वुलन्द आवाजको टिमलाई आफ्नो बार्षिक उत्सवको अवसर पारेर शैक्षिक सम्मान गरेको छ ।
उक्त टिमले शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम र वुलन्द लिडर खोजी अभियान कार्यक्रम उक्त पालिकामा यसै वर्ष सञ्चालन गरेको थियो ।
यतिबेला बुलन्द आवाजको समूह देशभर सार्बजनिक सुनुवाइ एवं बुलन्द बस , बुलन्द लिडिर खोजी अभियान र शैक्षिक उत्थानका लागि बुलन्द बहस कार्यक्रम चलाउदै हिडिरहेका छन् ।
जसका कारण भुइँ मानिसले सम्बन्धित सरोकारवालासँग सिधा आफ्नो प्रश्न राख्ने ठाउँ बनेको छ ।