Sunday, January 12
Shadow

गठबन्धन एक भएर राष्ट्रिय सभाको निर्वाचनमा लड्छौँ,गठबन्धनका उमेदवार जिताउछौ – सिटौला


  • -इ
  • इ+

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा उमेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा चुनावका लागि कोसी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले कांग्रेसले राष्ट्रियसभा उमेदवार छनोट गरेकोबारे आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उमेदवार जिताउन लाग्नुपर्ने बताए ।

उन्ले भने “राति अबेर निर्णय भयो । कसरी भयो थाहा छैन । मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरूले एकजुट भएर उमेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उमेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउन लाग्ने छौँ,”

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares