Saturday, May 18
Shadow

ब्यानर समाचार 2

विधेयकको भुमरीमा प्रचण्ड सरकार : नागरिकता विधेयकमा राप्रपासँग दुरी बढ्ने जोखिम

विधेयकको भुमरीमा प्रचण्ड सरकार : नागरिकता विधेयकमा राप्रपासँग दुरी बढ्ने जोखिम

ब्यानर समाचार, ब्यानर समाचार 2
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चालु संसद् अधिवेशनबाटै नागरिकता विधेयक पास गराउने गरी अगाडि बढेका छन् जसमा सरकारको अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टी विपक्षमा छ। उनले सोमबारको मन्त्रीपरिषद्को बैठकमा यही अधिवेशनमा विधेयक गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। नागरिकता ऐन, सङ्घीय निजामती सेवा ऐन र एकीकृत शिक्षा ऐन अहिलेकै संसद् अधिवेशनमा पेस गर्ने पक्षमा प्रधानमन्त्री छन्।उनले यसको वातावरण बनाउन सबै दलका प्रमुख सचेतकहरूसँग छलफल समेत गरे सोमबार। शेरबहादुर देउवा नेतृत्वको सरकारले सांसदबाट पारित गराएर लालमोहरका लागि राष्ट्रपति निवास पठाएकै विधेयक पुन संसद्मा पेस भएमा राप्रपा स्वीकार गर्ने पक्षमा देखिएको छैन। यस अगाडि सो विधेयकको विरोधमा राप्रपा आन्दोलनमै उत्रिएको थियो। राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गरिनन् र सो स्वतः निष्क्रिय भयो। अहिले प्रधानमन्त्री प्रचण्ड सोही विधेयकल...
मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

मोदि लाई सुझाव , पत्रकार प्रती आक्रोसित हुदै सरकार बाट बाहिरियो रास्वपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती
  काठमाडौँ - सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछाने मिडिया सञ्चालक र सम्पादकप्रति निकै आक्रामक देखिए। उनले पार्टीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै भने 'सरकारलाई दिएको समर्थन कायम राख्ने तर सरकारबाट फिर्ता हुने।'पार्टीको निर्णय सार्वजनिक गरेपछि उनी आफूबारे उठेका प्रश्नहरू प्रकाशित समाचारबारे केन्द्रित भएका थिए। उनले नागरिकता र राहदानीमा प्रक्रियागत त्रुटि भएको हुनसक्छ भन्दै अदालतको आदेश र कानुनी कारबाही स्वीकार्य हुने बताए। उनले नेपालका मिडियाहरूले सिन्डिकेट चलाउने गरेको र आफ्ना गलत काम लुकाउने गरेको भन्दै अहिले मिडियामा धेरै बेथिति रहेको भन्दै तीव्र आलोचना गरे। 'प्रमाणसहित समाचार छाप्नुस्, त्यो उकेरा कि सुकेराले लेखेकोमा मेरो भन्नु केही छैन। तर गर्दै नगर...
चियागफ

चियागफ

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
उस्तै लाग्छ मलाई रवि र म उनले T.V मा देशभक्ति देखाईरहदा, म पनि चियागफमा देशकै चिन्ता गर्थे। उनले channel मा कानुन र संविधानमा अविश्वाश देखाइरहदा, म अझैपनि विश्वस्तै थिए संविधान प्रति । उनको नेता र व्यवस्थाप्रतिको कटाक्ष्यले निराश बनाउथ्यो, तर! म सम्हालिन्थे, सास रहुन्जेल आश !! उनले पत्रकारिताद्वारा सकिनै लाग्यो, लौ! खत्तमै भयो भन्दा, म विध्यार्थीहरुलाई गर्न बाँकी नै छ, हामीले नै हो गर्ने भन्थे। उनी अवसरको खोजीमा विदेश पलायन हुने सोच्दा, म डराउथेँ, मलाई देखेर सिक्न खोज्नेहरूले के सिक्लान? उनी पत्रकार म शिक्षक, सफेद आम्दानी उस्तै जिम्मेवारी उस्तै ! तर, उनी गफ कै भरमा सरकार बनाउन पुगे, म अझै देश बनाउने गफमै व्यस्त छु। आजकल म सिकाउछु, देश बनाउनु र सरकार बनाउनु अलग कुरो हो। नानीवावु हो, सरकार बनाउन गफले हुन सक्ला, देश बनाउन प्रय...
एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

एक हजार ३०० दिनारमा बिक्री गरी एक महिलालाई मानसिक र शारीरिक यातना दिइयो ।

अपराध, ब्यानर समाचार 2, समाचार
आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । ब्यूरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । ब्यूरोमा प्राप्त विवरण अनुसार ती व्यक्तिहरुले सुरुमा कुवेतमा रहेको रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्तुगल र अमेरिकाका रेष्टुरेन्टमा समेत पठाइदिने लोभ लेखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्...
आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

आगजनीको मुद्दामा सांसद चौधरी पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ । सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।  ...
प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु

प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु

ब्यानर समाचार 2
  रवि लामिछाने गृहमन्त्री भएपछि रोकिएको उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो । यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ ।  लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए । उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो । तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन । परराष्ट्रले  यहाँस्थित अमेरिकी दूतावासलाई भनेर वा सिधै अमेरिकी विदेश मन्त्...
लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

अपराध, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो । लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै शर्तसहित रु २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो । पुनरावलोकन निवेदनमा भनिएको छ, “उच्च अदालत, पाटनबाट मिति २०७९/०९/२८ मा भएको उक्त आदेश तत्काल प्राप्त प्रमाणको मूल्याङ्कनको रोहमा बेरीतपूर्ण रहेको हुँदा उक्त आदेश बदर गरी निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १ को देहाय (ख) बमोजिम पुर्पक्षको निम...
खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

खाद्य र आवासको हकसम्बन्धी नियमावली बनाउन आग्रह

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
कानुन व्यवसायीले खाद्य अधिकार र आवासको अधिकार कार्यान्वयन गर्नका लागि यथाशीघ्र नियमावली बनाएर कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेका छन् । प्रधानमन्त्री तथा गृहमन्त्री मन्त्रालय, सहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अधिवक्ता राजुप्रसाद चापागाईं, शर्मिला श्रेष्ठ, सन्तोष सिग्देललगायतले आज बुझाएको ज्ञापनपत्र उक्त माग गरिएको छ । ज्ञापनपत्रमा मौलिक हक कार्यान्वयन गर्न अपरिहार्य देखिएकाले ऐनबमोजिम अगाडि बढ्नुपर्ने उक्त नियमावलीहरू (खाद्य अधिकार तथा खाद्य सम्प्रभूता नियमावली र आवासको अधिकारसम्बन्धी नियमावली) तर्जुमाको काम तत्काल पूरा गरी कार्यान्वयनमा जानुपर्नेमा जोड दिइएको छ । नियमावली तयारी भएपश्चात ठोस कार्ययोजना, बजेट, कार्यक्रम तथा संस्थागत प्रबन्धको माध्यमबाट ऐनबमोजिम कार्यान्वयनम...
सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री दाहाल

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।” “यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ”। प्रधानमन्त्रीले भन्नुभयो, “प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व...
अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने !

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ । अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाधरुपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन् । सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ । “गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपाङ्ग र अशक्त नागरिकलाई सहजरुपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो”, मन्त्री अर्यालले भन्नुभयो । अपाङ्ग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरु सवार भाडाका गाडीलाई सहजरुपमा सिंहदरबार प्रवेश गराउने उहाँले बताउनुभयो ।...