Thursday, May 2
Shadow

दुर्घटना

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

धादिङमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृत्यु हुनेमा नवलपरासीको देउचुली–१६ का ५० वर्षीया हीरामाया गुरुङ र सोही ठाउँकी ६५ वर्षीया कृष्णकुमारी केसी रहेका छन् । दुर्घटनामा छ घाइते भएका छन् । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको, दुई जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको र एक घाइतेलाई सामान्य उपचारपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।  ...
ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

ट्याक्टर दुर्घटनामा सह-चालकको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ , माघ ३० । ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टरका सह चालक पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका सुर्यमान राईको मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भई सडकबाट तल झरेको थियो । चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ट्याक्टरका चालक नुरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थालमै मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ २९ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किला एभरेष्ट पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थालमै मृत्यु भएको छ । गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एकाशि आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २९ । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलका नगरपालिका ९ उदयपुरका ५४ वर्षीय राजेन्द्र शाह छन् । दुर्घटनापछि भाइते भएका शाहको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, माघ २८ । सुनुसरीको बराहक्षेत्र नगरपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पकली–रुपनगर सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बराहक्षेत्र–४ का ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहको उपचारका क्रममा मंगलबार राति ८: ५० मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
सुनसरी , माघ २४ । धरान सडकखण्डको इटहरी–२ पीपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । मोटरसाइकल चालक उदयपुर रूपाटार–२ घर भई इटहरी–८ बस्ने ५० वर्षीय नरजंग मल्ल र उनका बुबा ८२ वर्षीय कुवेरबहादुरको मृत्यु भएको हो । शुक्रबार दिउँसो धरानबाट जाँदै गरेको प्रदेश मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवैलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।...
देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटनाः ९ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
  काठमाडौं, माघ २४ । देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।सुनसरी, चितवन, रुपन्देही, सिन्धुली, मोरङ, दाङ र मकवानपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको हो । सुनसरीको ईटहरी उपमहानगरपालिक-२ आपगाछीस्थित सडकमा प्रदेश १-०२-०४४ प १२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही महानगरपालिका-८ बस्‍ने ६५ बर्षीय कुबेर मल्ल र निजकै छोरा ३५ बर्षीय नुर्जन मल्लको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७ ठठरियास्थित सडकमा लु।१ त ९१७७ नम्बरको ट्याक्टर अनियन्‍त्रित भई दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका(३ करवानी बस्‍ने २३ बर्षीय मुन्‍ना जोगीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्...
घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

घोडाघोडीमा बस र ट्याक्टर ठोक्किँदा दुर्घटना

दुर्घटना, समाचार
माघ २३ सुखड कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडी मन्दिर नजिकै बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ४ ख ९९७३ नम्बरको बस र पुर्व बाट पश्चिम जाँदै गरेको से १ त ४८३८ नम्बरको ट्रयाक्टर एक आपसमा ठोक्किँएको बताइएको छ । बस र ट्याक्टर एक आपसमा ठोक्किँदा मानवीय क्षेती नभए पनि बसमा सवार ४ जना समान्य घाईते भएको इलाका प्रहरी कार्यालय सुखडका नायब उपरीक्षक सागर बोहराले बताए । ट्याक्टरको अगाडिको भाग फुटेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । बस पुर्व पश्चिम राजमार्गमा पल्टेको छ । पश्चिम बाट पुर्ब जाँदै गरेको बसलाई पुर्व बाट पश्चिम जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको बुझिएको छ । दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र चालकको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।...
धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

धादिङमा ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १९ पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। दुर्घटनामा परी ट्रकका सहचालक संखुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ्गको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमा मृत्यु भएको शव च्यापिएको अवस्थामा रहेको थियो। त्यस्तै घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह पनि गम्भीर घाइते भएका थिए। उनीहरुला...
केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

केउरनी दुर्घटनाको पिडकलाई प्रहरीले बचाउँ गर्यो भन्दै पिडित पक्षले गरे न्यायको अपिल

अपराध, दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, माघ १७ रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । त्यहाँ लैजादाँ मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लाग...