Wednesday, May 15
Shadow

दुर्घटना

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
धादिङ, फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ । दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटनाग्रस्त सवारी साधन त्रिशूलीमा परेको छ ।...
दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दार्चुलामा जीप दुर्घटना, ३ जनाको मृत्यु, अन्य ४ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
दार्चुला, फागुन २२ ।दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेका छन् । १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् । घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।  ...
भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

भिर माथिबाट खसेको ढुङ्गाले लाग्दा बालिकाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
डोटी , फागुन १९ । डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकामा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकामा ढुङ्गा लाग्दा मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जङ्गल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य दुई बालबालिका समेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीयवासी बलबहादुर पुजाराले जानकारी दिए ।  ...
बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

बाँकेमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु, दुईजना घाइते

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
बाँके , फागुन १८ । बाँकेको कोहलपुरमा माइक्रोबसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटरसाइकललाई मंगलबार कोहलपुर नगरपालिका९५ किरन नाला नजिक सडकमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका९३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठक्कर दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।...
नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

नवलपुरको दुम्कौलीमा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
कावासोती ,फागुन १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उनका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको ...
कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, फागुन १७ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको बताए।- ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।  ...
सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, फागुन १६ । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी-१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाज, सम्पादकीय, स्थानिय तह
भक्तपुर , फागुन ८ । भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।...
बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ३ । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् । दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा दुईको ज्यान गयो, सवारी दुर्घटनामा प्रहरीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन १ । दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका–६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धाँमीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ...