Friday, April 19
Shadow

दुर्घटना

ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

ट्याक्टर दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, माघ ९ । सप्तरी र तनहुँमा भएका अलग अलग ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।सप्तरीको कञ्चनरूप नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई बिहीबार साँझ पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् । घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइ...
सर्लाहीमा यात्रुबस दुर्घटना , २ जनाको मृत्यु , १९ जना घाइते

सर्लाहीमा यात्रुबस दुर्घटना , २ जनाको मृत्यु , १९ जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ८ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दाङबाट काँकडभिट्टातर्फ हिँडेको ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भई रोडदेखि १० मिटर तल पल्टिँदा बसमा सवार ३० जनामध्ये दुईको मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमूना अस्पताल हरिवनमा उपचार भइर...
काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

काठमाडौंको बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ ६ । बल्खुमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीया रिता खड्गी रहेकी छन् । ना ७ ख २२०९ नम्बरको ट्याङ्करले बा ५४ प ३०१ नम्बरको स्कुटरलाई ठक्कर दिँएको हो । गम्भिर घाइते भएकी उनको बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक श्रीमान जेन खड्गीको सामान्य घाइते छन् । ट्यांकर चालक बाराका जितपुर सिमरा घर भएका ३० वर्षीय सागर लम्साललाई पक्राउ गरिएको छ ।...
सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

सुनसरीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, चालक फरार

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ, माघ ६ । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी ...
बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

बिहानै काठमाडौंको भद्रकालीमा बस दुर्घटना

दुर्घटना, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १ । काठमाडौंको भद्रकालीमा आज विहान बस दुर्घटना भएको छ । विहान साढे ७ बजे भद्रकालीस्थित आकाशे पुल मुनी बस दुर्घटना भएको हो । थानकोट चन्द्रागीरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । बस तिब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको भनाइ छ । बसमा ५ जना सवार रहेकोमा एक जना घाइते भएका छन् । दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।व्यस्त सडकमा बस पल्टिएपछि सवारी आवागमन प्रभावित भएको छ । बसलाई सडकबाट हटाउने प्रयास जारी छ ।...
बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट ककनीमा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना, ब्यानर समाचार 2, समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष २८ नुवाकोटको ककनी गाउँपालिका–४ निहाले डाँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटसाइकल चालक ककनी गाउँपालिका–२ बस्ने ३४ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो। ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनको ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। तामाङ सवार ३ – ०२ – ००९ प २८५० नम्बरको मोटरसाइकललाई ना. २ ख ८९४७ नम्बरको बसले हिजो दिउँसो ठक्कर दिएको थियो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

बाजुरामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटना, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस २८ । बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । उनका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताए । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी : एक जनाको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २८ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । उनी बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण खुलेको छैन । दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।...
भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

दुर्घटना, ब्यानर समाचार, समाचार
काठमाण्डौँ, पुष २३ दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन ।...
अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अमेरिकाको राजधानीमा हिंसात्मक प्रदर्शनका क्रममा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, पुष २३ वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् । यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए । यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ । सञ्चारमाध्यम फक्सफाइभले उनकी सासूसँग गरेको कुराकानीको आधारमा उनी डोनाल्ड ट्रम्पको ठूलो समर्थक भएको खुलेको छ । उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागेको र तत्कालै अस्पताल लगिएको तर पछि मृत घोषित गरिएको बताइएको छ । बीबीसी...