दार्चुला, फागुन २२ ।दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका ८ अमोलीबाट लेकम गाउँपालिका ४ रिठाचौपातातर्फ जाँदै गरेको जीप सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो ।
सो दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जीप चालक ३८ वर्षीय करन नाथ, ७० वर्षीया सुनादेवी पन्त र ४० वर्षीय पदमराज पन्त रहेका छन् । १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय वसन्त पन्त , ७२ वर्षीय बुद्धिबल्लभ पन्त र ७० वर्षीया गंगादेवी पन्त घाइते भएका छन् ।
घाइतेहरुको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।