काठमाडौं, फागुन १७ । कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
धनगढीबाट महेन्द्रनगरतर्फ छुटेको ना४ख १६६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म३प १४८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले मोटरसाइकलमा सवार भीमदत्त नगरपालिकाका १४ का २४ वर्षीय दिनेश दमाई र कृष्णपुर नगरपालिकाका २ वाणीका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको बताए।-
ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।